Nepal Times
Nepal Times
3
Shares

सुनको भाउ आज प्रतितोला ९३ हजार ९ सय निर्धारण

सुनको भाउ आज प्रतितोला ९३ हजार ९ सय निर्धारण

२२ असोज, काठमाडौं । सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको छ ।

आज तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ आज बढेको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.