भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन

२२ असोज ७७, शुक्रबार

२३ असाेज, नयाँदिल्ली।

Advertisement

भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना भएका थिए । उनको मुटु सम्बन्धी शल्यक्रिया पनि गरिएको थियो । भारतको स्थानीय समय अनुसार बिहीबार बेलुका ६:५० मा उनले फोर्टिस इस्कोर्टस हर्ट इन्ष्टीच्युटमा संसार त्यागेका हुन्।

दलित समुदायका अति प्रभावशाली नेता मानिनु हुने ७४ वर्षीय पासवान लोक जनशक्ति पार्टीका संस्थापक समेत थिए। उनले झण्डै पाँच दशक लामो राजनीतिक तथा सामाजिक सेवाका क्रममा आफ्नो समुदायको अधिकार र संरक्षणका लागि आवाज उठाउँदै आएका थिए।

Advertisement

उनले सन् २००० मा स्थापना गरेकाे पार्टीको अहिले उनकै ३७ बर्षीय छोरा चिराग पासवानले नेतृत्व गरेका छन्। आफ्ना पिताको निधन भएपछि छोरा चिरागले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “बाबा तपाई अब हामीबीच रहनु भएन, भौतिक रुपमा नभए पनि तपाई हामीसँगै हुनु हुनेछ ।”

उनको निधनप्रति देश विदेशबाट दुःख व्यक्त गर्दै धेरैले समवेदना प्रकट गरेका छन् । भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पार्टीका नेता, विदेशी नियोगका प्रतिनिधिलगायतले श्रद्धान्जलि व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top