मुस्ताङको स्याउ काठमाडौँ पठाउन भ्याइनभ्याइ

२२ असोज ७७, शुक्रबार

२३ असाेज, मुस्ताङ ।

हिमाल पारिको जिल्ला मुस्ताङको स्याउ भन्नेबित्तिकै जो कोहीको मुख रसाउँछ । बजारमा पाइने स्याउमध्ये अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ । कोरोनाको महामारीसँगै पर्यटन क्षेत्र शिथिल बनेका अवस्थामा यतिखेर मुस्ताङका पर्यटन व्यवसायी वैकल्पिकरुपमा स्याउको बजारीकरणका लागि सक्रिय बनेका छन् । कोरोनाको कहरबाट पाठ सिक्दै कतिपय पर्यटन व्यवसायी यतिखेर कृषि पर्यटनलाई अघि बढाइरहेका छन् ।

अत्यधिक चिसो समयका अलाबा अधिकांश समय मुस्ताङमा पर्यटकलाई स्वागत गरिरहेका होटेल ग्रान्ड साम्बाला, मुक्तिनाथका सञ्चालक सुरज गुरुङ यतिखेर कृषि पर्यटनमा सक्रिय रहेका छन् । सम्बाला एग्रो फार्म शुरु गरेका गुरुङलाई अहिले भने मुस्ताङको स्याउ काठमाडौँ पठाउन भ्याइनभ्याइ छ । स्याउको नर्सरीसमेत थालेका गुरुङले मुस्ताङको मुक्तिक्षेत्रका कागबेनी, खिङ गाउँलगायतका स्थानबाट दैनिक स्याउ सङ्कलन गरी काठमाडौँ निर्यात गरिरहेको बताए ।

Advertisement

“फार्ममा बोटमा स्याउ पाकिरहेका छन्, विगत एक सातायता दैनिक लगभग एक ट्रकका दरले पठाउन थालेको छु”, उनले भने “बजारमा मुस्ताङी स्याउको माग अत्याधिक छ, पु¥याउनै धौ धौ छ ।” बगैँचाबाट सङ्कलन गरी पठाउँदा मुस्ताङमा नै थोक मूल्य लगभग प्रतिकिलो रु १२०/१२५ पर्ने गरेको उनले जानकारी दिए । दशैँ तिहारको समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । पोखराका बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आकर्षित गर्ने गरी पसलमा यहाँ मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गर्दछन् ।

उच्च हिमाली भेगमा पाइने स्याउ मुस्ताङको मुख्य खेती भएको ठिनीका स्याउ व्यवसायी पल डिसी थकालीले बताउनुभयो । उहाँका अनुसार स्याउबाट सो क्षेत्रका धेरै स्थानीयवासीले राम्रो आयआर्जन गरेका छन् । जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने २०२२ पछि मात्र शुरु भएकोे हो ।

विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको थियो । मुस्ताङका स्थानीयवासीका अनुसार सरकारले शुरुमा प्रत्येक घरमा तीन/तीन वटा स्याउका बेर्ना बाँडेको थियो ।

त्यसयता स्याउको खेतीमा उत्साहित बनेका यहाँका व्यवसायीले विसं २०३५/३६ देखि स्याउबाट रक्सीसमेत बनाउन थालेका थिए । पछिल्ला समयमा मुस्ताङमा स्याउको रक्सी बनाउने उद्योग पनि बर्सेनि बढ्दै गएका छन् । मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउनका लागि बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । हिमाली दृश्यको अवलोकनका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ ।

सरकारले मुस्ताङमा स्याउ खेतीको सम्भावनालाई दृष्टिगत गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन कार्यक्रम सञ्चालन गरेको परियोजनाका मुस्ताङ प्रमुख सुधीर थापाले बताए । उनका अनुसार मुस्ताङमा स्याउखेती एक हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

हाल ५०० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउखेतीले उत्पादन दिन थालिसकेको बताउँदै उनले जलवायु परिवर्तनलगायतका कारणबाट जिल्लाको तल्लो भेगमा उत्पादनमा कमी आउन थालेको जानकारी दिए । जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तल्लो मुस्ताङका कोवाङ, लेते, ठिनीलगायतका स्थानमा स्याउखेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको पाइन्छ । मुस्ताङका घरबजोङ, लोमन्थाङ, ल्हो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र र थासाङ गरी पाँच गाउँपालिका छन् । कृषिको तथ्याङ्कअनुसार अघिल्लो वर्ष मुस्ताङमा छ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top