Nepal Times
Nepal Times
3
Shares

प्राथमिक उपचार गर्न नागरिक स्तरबाट स्वयमसेवी संस्था गठन

प्राथमिक उपचार गर्न नागरिक स्तरबाट स्वयमसेवी संस्था गठन

२३ असोज, काठमाडौँ ।
आपतकालिन अवस्थामा प्राथमिक उपचार नागरिक स्तरबाट कामगर्नकालागि स्वयमसेवी संस्था गठन भएको छ । विभिन्न खालका दुर्घटना, चोटपटकm, विरामी लगायतको तत्काल प्राथमिक उपचार गर्ने गरी स्वयमसेवी संस्था योगदान राष्ट्रका लागि गठन भएको हो ।

बेहोस भएको, अंगभंगभएको, करेण्ट लागेमा, सर्पको टोकाए, रक्तश्राव, आगोले पालेको विष सेवन गरेको, हृदयघात, दम, पानीमा डुबेको, प्राकृतिक विपत्ति लगायतका जोखिमा काम गर्न संस्था गठन भएको हो ।

युवा समिति र सञ्जाल मार्फत हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा र सचेतना पु¥याउने उद्देश्यले गठनभएको संस्थामा अहिले २ हजार बढी सदस्यहरु जोडिएको अध्यक्ष ओम उप्रेतीले बताए । नेपालमा हजारौ संघ संस्थाहरु दर्ता भए पनि कोरोना महामारीको समयमा स्वयमसेवा गर्ने व्यक्ति र संस्थाहरु नभेटिएकाले ‘योगदान राष्ट्रका लागि’ गठन भएको बताए ।

योगदान राष्ट्रका लागि संस्थाले दिप प्रज्वलन, वृक्षारोपण, रक्तदान, कोरोनालाई मध्यनगर गर्दै मास्क र सेनिटाइजरको सही प्रयोग र विवरण लगायतका कार्यक्रम गर्दै आएको छ । यसैगरी कोरानाका कारण दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई राहत वितरणका काम पनि संस्थाले गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.