२३ असाेज, काठमाडाैँ ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो ।
सभामुख घर्तीले रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपाेर्ट आएको र अहिले होम आइसोलेसनमा बसेको बताए ।
गत मंगलबारमात्रै प्रदेश सभा बैठकमा सहभागी भएका सभामुख घर्ती र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी‘सोनाम’लाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमणको आशंका गरिएको छ ।
बैठकमा मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारसमेत सहभागी थिए ।