इथियोपियामा लडाकूको आक्रमणमा १४ सर्वसाधारण मारिए

२३ असोज ७७, शनिबार

२३ असाेज, आदिस अबाबा ।

Advertisement

अफ्रिकी मुलुक इथियोपियाको पश्चिमी बेनीशान्गुल–गुमुज क्षेत्रमा लडाकू समूहले गरेको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।

एक जना सुरक्षा अधिकारीका अनुसार सेनाले गरेको कारबाहीमा लडाकू समूहका पनि १४ जनाको मृत्यु भएको छ। पछिल्ला दिनमा लडाकू समूहले गरेको यो घातक हमला हो। हालैका साताहरुमा लडाकूहरुले गरेका घातक हमलामा परेर दर्जनौं व्यक्तिको ज्यान गएको थियो।

Advertisement

उक्त क्षेत्रका सुरक्षा प्रमुख गाशु डुगाजले डान्गुर जिल्लामा लडाकू समूहले आक्रमण गरेको पुष्टी गरे। उनले घाइते आठ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिए। उनले घाइते एक जना विदेशी नागरिक रहेको बताए पनि विस्तृत विवरण प्राप्त भइनसकेको बताए।

इथियोपियाली सेना र प्रहरीसहितका सुरक्षाकर्मीको ठूलो संख्या उक्त क्षेत्रमा तैनाथ गरिएको छ। डान्गुर ओरेडाका एक जना स्थानीयवासी अबिनेट टेजाले उक्त क्षेत्रका जातीय अल्पसंख्यक अमहारा र अगावा जातिविरुद्ध आक्रमण भइरहेको र थप आक्रमण हुने डरले भयभित रहेको बताए।

Advertisement

गत सेप्टेम्बरमा इथियोपियाली मानव अधिकार आयोगले बेनिशान्गुल–गुमुज क्षेत्रमा अल्पसंख्यक आदिवासीमाथि भइरहेका सिलसिलाबद्ध आक्रमणप्रति चिन्ता व्यक्त गरेको थियो। त्यस बखत १५ जना स्थानीयबासी मारिएका थिए।

सेप्टेम्बर ६ र ७ मा पनि स्थानीय अल्पसंख्यक व्यक्तिमाथि आक्रमण भएका र ती घटनामा १३ जनाभन्दा बढी व्यक्ति मारिएका थिए। आक्रमणबाट जोगिन झण्डै ३०० व्यक्ति अन्यत्र पलायन भएका छन्।

इथियोपियामा जातीय तनाब एउटा प्रमुख चुनौती रहेको छ। प्रधानमन्त्री अबिय अहमदका लागि समेत जातीय विवाद समाधान गर्न नसक्दा टाउको दुखाइ भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top