नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १४ जनाकाे मृत्यु

२४ असाेज, काठमाडाैँ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोभिड १९ संक्रमण पुष्टि भएको बताए । त्यस मध्ये काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना संक्रमित भएका छन् । जसमा काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २ सय ३ जना र ललितपुरमा ३ सय ६९ जना रहेका छन् ।

Advertisement

यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ । हालसम्म नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । जसमध्ये निको भएर घर फर्किनेको संख्या ७४ हजार २ सय ५२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा निको भई घर फर्किनेको संख्या १ हजार २ सय २९ जना रहेको प्रवक्ता गौतमले बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेहरुको संख्या ६ सय १४ पुगेको छ ।  संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेको पनि प्रवक्ता गौतमले बताएका छन्। जसमध्ये प्रदेश १ मा १ हजार ४ सय ७७, प्रदेश २ मा ५ सय ९ जना, बागमती प्रदेशमा ९ हजार १ सय ३ जना, गण्डकी प्रदेशमा ६ सय २५ जना, लुम्बिनी प्रदेशमा १ हजार २ सय ७२ जना, कर्णाली प्रदेशमा ५ सय ५४ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १४ जना संक्रमितहरु रहेका छन् ।

Advertisement

त्यस्तै होम आइसोलेसनमा रहने संक्रमितको संख्या १७ हजार १ सय ६४ जना रहेको छ । जसमध्ये प्रदेश १ मा २ हजार १ सय ६४ जना, प्रदेश २ मा ५ सय ७९ जना, बागमती प्रदेशमा ११ हजार २ सय ६ जना, गण्डकी प्रदेशमा ५ सय ८० जना, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ८४ जना, कर्णाली प्रदेशमा ४ सय ११ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ४० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले बताए । यससँगै हालसम्म कुल ११ लाख ६४ हजार ५ सय ५७ पीसीआर परिक्षण भएको छ ।

आज देशभर कुल ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा रहेको पनि प्रवक्ता गौतमले बताए । जसमध्ये प्रदेश १ मा ४ सय ४१, प्रदेश २ मा १ सय २८ जना, बागमती प्रदेशमा ३ सय ९६ जना, गण्डकी प्रदेशमा ६ सय ११ जना, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ७ जना, कर्णाली प्रदेशमा ४ सय ४२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ६१ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top