जोखिममा रहेका ब्यक्तिहरुलाई सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

२४ असोज ७७, शनिबार
Share this
747shares

२४ असोज, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन पनि आग्रह गरेको छ । धार्मिक कार्यक्रममा सहभागी हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने डा. जागेश्वर गौतमले बताए । सटरहरु, देवी देवताका मुर्तिहरु र धेरै व्यक्तिले प्रयोग गर्ने सामग्री नछुन पनि मन्त्रालयको सुझाव छ । पैसाको कारोबार विद्युतिय माध्यमबाट गर्न पनि मन्त्रालयले भनेको छ ।

Advertisement

ज्वरो, खोकी वा स्वासप्रस्वासको समस्या भएका व्यक्तिहरु, ६० वर्षभन्दा बढी उमेरका व्यक्ति, १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी महिलाहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, मधुमेह, क्यान्सर, मुटुरोग, उच्चरत्ततचाप, मिर्गौला, कलोजो सम्बन्धी समस्या भएका, दम लगायत अन्य स्वासप्रस्वास सम्बन्धी समस्या भएका व्यक्तिहरु, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, शरीरमा मेडिकल उपकरणहरु राखेका व्यक्तिहरु, हालसालै सर्जरी गरेका व्यक्तिहरु र पछिल्लो १५ दिन भित्र सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरु उच्च जोखिममा रहेकोले घर परिवार भन्दा बाहिरको भेलामा सहभागि नहुन पनि प्रवक्ता गौतमले अनुरोध गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top