अन्नको ठाउँमा गाँजा : प्रहरी वर्सेनि फाँड्छ, गाउँले फेरि लगाउँछन्

२५ असोज ७७, सोमबार

सर्लाही : सडक सञ्जालमा नजोडिएको सर्लाहीको उत्तरी चुरेभेगस्थित नारायणखोला जिल्लाको सबै भन्दा दुर्गम ठाउँ मानिन्छ । लालबन्दी नगरपालिका वडा नम्बर १४ मा पर्ने नारायणखोला पुग्न खोलाको बगर प्रयोग गर्नुपर्छ । लालबन्दी बजारदेखि पत्थरकोटको छेडा गाउँसम्म सडक पुगेपनि त्यहाँबाट उत्तरतर्फ नारायणखोलासम्म पुग्न लखन्देही खोलाको बगर प्रयोग गर्नुपर्ने हुन्छ ।

प्राकृतिक रुपमा सुन्दर यस ठाउँका वासिन्दाले केही वर्षअघिसम्म भीर पाखोका बारीमा मकै, कोदो, फापर लगायतका बाली प्रशस्तै लगाउँथे । तर अहिले बारीमा त्यस्ता बाली देख्न मुस्किल पर्छ । अधिकांशले मज्जासँगले गोडमेल गरेर गाँजा खेती गरेका छन् ।

दुर्गम भएकाले कुनै भवितव्य पर्दा मात्रै प्रहरी प्रशासन पुग्ने त्यहाँका स्थानीयहरुले केही वर्ष अघिबाट ढुक्कसँग गाँजाको खेती गर्न थालेका हुन् । ‘कोदो, मकै रोप्दा आफैलाई खान पुग्दैन्, बरु गाँजा लगाउँदा राम्रो आम्दानी हुन्छ, नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले गोरखापत्रसँग भन्नुभयो, उत्पादन मात्रै गर्नुपर्छ, बिक्रीको कुनै चिन्ता हुँदैन्, किन्ने मान्छे घरमै आइपुग्छन् ।’

Advertisement

नारायणखोलामा धान खेती हुने फाँट भने छैन् । स्थानीयहरुले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न लालबन्दी बजारबाटै किनेर लाग्छन् ।

ठाउँ विकट भएपनि यहाँका स्थानीय वासिन्दाको आर्थिक अवस्था राम्रै छ । प्रत्येक घरका एक जना सदस्य वैदेशिक रोजगारीमा गएका छन् । कुनै घरबाट त तीन÷चार जनासम्म पनि वैदेशिक रोजगारीमा गएको पाइन्छ ।

Advertisement

वैदेशिक रोजगारीमा गएकाहरु बाहेक गाउँमा रहेकाहरुको काम गाँजा खेती गर्ने हो । स्रोतका अनुसार स्थानीयहरुलाई गाँजा खेती गर्न भारतीयहरुले सहयोग गर्छन् । गाँजा खेतीमा कुनै प्रकोप लागे सल्लाह सुझाव दिन विज्ञहरु भारतदेखि नै आइपुग्छन् । उत्पादित गाँजा बिक्रीका लागि पनि लुकाईछिपाई भारतनै पु¥याउने गरिन्छ ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement

भर्खरको समाचार

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

सम्बन्धित समाचार

Scroll to Top