युद्धविरामको केही घण्टामै आर्मीनीया–अजरबैजानबीच लडाइँ

२५ असोज ७७, सोमबार

२६ आश्विन, एजेन्सी ।
आर्मीनीया र अजरबैजानबीच युद्धविरामको समय सुरु भएको केही घण्टामै ताजा लडाइँका विवरणहरू आएका छन्।

विवादित नगोर्नो काराबाख क्षेत्रको राजधानी स्टेपनाकर्टमा शनिवार बेलुकी बम पड्किएको प्रत्यक्षदर्शी तथा आर्मीनीयाली सञ्चारमाध्यमले जनाएका छन्। यसअघि दुवै पक्षले एकअर्कामाथि बमबारीको आरोप लगाएका छन्।

युद्धविराम पालना गर्न आग्रह

Advertisement

दुई साताको लडाइँपश्चात् दुवै देशले शुक्रवार मस्कोमा भएको वार्तामा अस्थायी युद्धविराम गर्न सहमति जनाएका थिए।

शनिवारदेखि नै लागु हुने भनिएको युद्धविरामको पालना गर्न आर्मेनिया तथा अजरबैजानलाई अन्तर्राष्ट्रिय अपील गरिएका छन्। युरोपेली युनियनको विदेशनीति प्रमुख जोसेप बोरेलले थप गैरसैनिक हताहत भएका विवरणले आफू निकै चिन्तित भएको बताए।

Advertisement

दुई देशबीच वार्ताको मध्यस्थता गरेका रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युद्धविराम पूर्ण पालना हुनुपर्ने बताए। उनले टर्कीका विदेशमन्त्री मेभलुत कोभुसोग्लुसँग पनि कुराकानी गरेका छन्। टर्की अजरबैजानको मुख्य समर्थक देखिएको छ।

आइतवार अबेर स्टेपनाकर्टस्थित अधिकारीहरूले त्यहाँ पुनः गोलाबारी भएको बताए। यसअघि अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले उनको देशको दोस्रो सहर गान्जामा बसोबास भएका क्षेत्रमा रकेट प्रहार गरिएपछि आर्मीनीयामाथि युद्ध अपराधको आरोप लगाए। त्यसमा ९ जनाको ज्यान गएको अजेरी अधिकारीहरूले बताएका छन्।

दुई देशबीच लामो समयदेखि विवादित रहँदै आएको क्षेत्रलाई लिएर सेप्टेम्बर २७ देखि सुरुरु भएको पछिल्लो लडाइँका कारण ३०० जनाको ज्यान गइसकेको छ भने हजारौँ मानिस विस्थापित भएका छन्।

नगोर्नो काराबाख जातीय आर्मीनीयालीहरूको नियन्त्रणमा छ जबकि आधिकारिक रूपमा यो अजरबैजानको भूभाग मानिन्छ। यसबीच अमेरिकाकी सेलेब्रिटी किम कार्दाशियानले युद्धबाट पीडित आर्मीनीयालीका निम्ति आफूले १० लाख डलर चन्दा दिने सामाजिक सञ्जालमा घोषणा गरेकी छन्।

उनका पुर्खा आर्मीनीयाली हुन्।(बीबीसी)

Advertisement

भर्खरको समाचार

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

सम्बन्धित समाचार

Scroll to Top