५० करोड रुपैयाँ हत्याउन किर्ते गरेर ठगी गरेकाे आराेपमा एक जना पक्राउ

२६ असाेज, काठमाडौं ।

५० करोड रुपैयाँ बराबरकाे जग्गा हत्याउन किर्ते कागजात बनाएर ठगी गरेको आरोपमा ललितपुर – १३ कुसुन्तीका केबल प्रताप जंगबहादुर राणालाई प्रहरीले पक्राउ गरेको छ। राणाले कमलादेवी राजभण्डारीको पर्सा विरगंज महानगरपालिका- ५ मा रहेको चार कित्ता क्रमशः ३, ७१, १४३ र १८६ मा बनेको घरजग्गा किर्ते कागज बनाएर ठगी गरेको  प्रहरीले जनाएकाे  छ।

नक्कली कागज बनाएर मालपोतका कर्मचारीको मिलेमतोमा आफ्नो नाममा राजीनामा पास गर्न लगाएर राणाले वीरगञ्जकै गिरिधारी लाल अग्रवाललाई ५० लाख रुपैंया बैना लिएर ठगी गरेको प्रहरीले जनाएको छ। उनले जग्गा किर्ते गरेर ठगी गर्न नागरिकताको प्रमाणपत्रमा समेत किर्ते गरेकाे प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताए ।

Advertisement

केन्द्रीय अनुसन्धान ब्यूरोले जग्गाको सक्कली धनी मुकेश राज भण्डारीको उजुरीपछि अनुसन्धान गर्दा राणाको संलग्नता खुलेको हो। ब्यूरोका प्रमुख डीआईजी सहकुलबहादुर थापाका अनुसार राणाले अग्रवाललाई ठग्नको लागि मुकेश राज भण्डारी भनेर परिचय गरेका थिए। अनुसन्धानका क्रममा राणाले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मुकेश राज भण्डारीकै नाममा ४७४३ नम्बरको किर्ते नागरिकता समेत लिएको जानकारी डीआईजी थापाले दिए।

ब्यूरोका अनुसार राणाले आफु जग्गा धनी कमलादेवी राज भण्डारीको छोरा भएको भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको किर्ते नागरिकता बनाएका थिए। राणाले किर्ते कामका लागि ललितपुर प्रशासनबाट कमला राज भण्डारी र पर्साको जग्गा धनी कमलादेवी राज भण्डारी एउटै भएको किर्ते कागजसमेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Advertisement

Advertisement

भर्खरको समाचार

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top