‘खै सरकार कता छ ?’ भन्दै बालुवाटार पुगे पीडित पत्रकारहरु

२७ असोज ७७, मंगलबार

२७ आश्विन, काठमाडौँ।
नेपाल पत्रकार महासंघको श्रमजीवि हित प्रवर्द्धन समिति तथा सञ्चारगृहका पीडित पत्रकार–कर्मचारीले संयुक्त संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।

Advertisement

सञ्चार गृहबाट पीडित भएका पत्रकार तथा कर्मचारीहरु सरकार खोज्दै थाल ठटाउँदै बालुवाटर पुगेका हुन् । श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नभएको र सञ्चालकहरुबाट पत्रकार तथा कर्मचारी महामारीको यो समयमा थप मारमा परेको तर सरकारले भने कानून कार्यान्वयनमा चासो नदेखाएको भन्दै प्रदर्शन गर्नु परेको आन्दोलनकारीको भनाई छ ।

Advertisement

उनीहरुले ‘खै सरकार कता छ ?’ भन्ने प्रश्नसहितका ब्यानर बाकेर प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले कानून नमान्ने सञ्चारगृहको सूचि सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई सम्बन्धित सञ्चारगृहलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top