डीडीसीकाे गोदाममा छापा : साढे १६ करोडको म्याद नाघेको बटर भेटियाे

२७ असाेज, काठमाडौँ ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)काे गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेबल नभएको र म्याद नाघेको बटर(मख्खन) भेटिएको छ । मंगलबार काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गर्दा उक्त परिमाणका सामग्री फेला पारेको हो ।

विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार डिडिसीले पोखराको सुजल डेरीबाट खरिद गरेको १ लाख ९४ हजार ९७५ किलो बटरका कार्टुनमा उत्पादन मिति, ब्याच नम्बरलगायत लेबलिङ नै नभएको भेटिएको हो। कुनै कार्टुनमा भने मार्करले लेखेर लेबलिङ गरिएको देखिएको छ। डीडीसी स्रोतका अनुुसार वितरकलाई बटर किलोको ७ सय ८० रुपैयाँमा बिक्री गरिन्छ । सर्वसमधारणको हकमा प्रतिकिलो ८ सय ५० रुपैयाँ पर्छ ।

Advertisement

‘प्रतिकिलो ८ सय ५० रुपैयाँको हिसाबले १६ करोड ५७ लाख २८ हजार रुपैयाँको बटर शंकास्पद छ,’ डीडीसी स्रोतले भन्यो । ती बटर २५/२५ किलोको कार्टुनमा राखिएको भएपनि अधिकाँश कार्टुनमा लेबल नै छैन । केही कार्टुनमा लेबल भएपनि म्याद सकिइसकेको छ ।

 भण्डारीले भने, ‘निरीक्षण गर्दा पूर्वाधार, प्योकजिङमा पनि कैफियत देखियो । निचोडमा भन्नुपर्दा सुजल डेरीबाट कन्भर्सन गरिएको १ लाख ९४ हजार ९ सय ७५ केजी बटर डीडीसीमा मौज्दात रहेको पाइयो । तर, ती बटर लेबलबिना र म्याद नाघेको रहेछ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’

Advertisement

केही प्याकेजिङमा उपभोगका लागि ८ महिनासम्म राम्रो भनिएको छ । तर उत्पादन मिति भने नोभेम्बर २०१९, डिसेम्बर २०१९ रहेका छ । बालाजु दुग्ध वितरण आयोजना प्रमुख गोविन्दराज जोशीले लकडाउन र निषेधाज्ञाका कारण मौज्दात रहेको जानकारी दिए । बटरको म्याद ८ महिना मात्रै नहुने उनले दाबी गरे । उनले भने, ‘लकडाउनले बिक्री हुन नसक्दा मौज्दात रह्यो । यसको म्याद ८ महिना मात्रै हुँदैन, यदि अखाद्य भए विनियमअनुसार कारबाही हुन्छ । बटर प्रयोग गर्ने/नगर्ने सन्दर्भमा केन्द्रलाई पत्राचार गरिसकेका छौं । निर्णय आउन बाँकी छ ।’

डिडिसीको बालाजुस्थित प्लान्टका चारवटा गोदाममा भण्डारण गरि राखिएको उक्त बटरलाई डिडिसीले भने म्याद नसकिएको र गुणस्तरीय नै रहेको भनी दाबी गरेको छ। यद्यपी महानगरपालिकाले उक्त बटरको नमुना संकलनका गरी म्याद सकिएको वा नसकिएको बारे यकीन गर्न परीक्षणका लागि पठाएको छ।

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कुनै पनि वस्तुमा अनिवार्य रुपमा लेबलिङ गर्नुपर्ने भएपनि सुजल डेरीबाट डिडिसीले किनेको बटरका कार्टुनमा लेबलिङ नभेटिनुले उक्त वस्तु म्याद गुज्रिएको हुन सक्ने र म्याद सकिएका सामान किनेर डिडिसीका कर्मचारीले आर्थिक चलखेल गरेकोसमेत हुनसक्ने आशंका गरिएको छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top