×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

ओलीसँग दाहाल-नेपाल सशंकित

३० आश्विन २०७७

काठमाडौँ : नेकपाको भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठनलगायत निर्णय सहमतिमा गर्ने र कार्यकारी अध्यक्षको जिम्मेवारीलाई थप परिभाषित गर्दै प्रधानमन्त्री ओलीले पाँच वर्षसम्मै सरकार चलाउने निर्णय गरेको थियो । अघिल्लो वर्ष मंसिरकै सहमति कार्यान्वयनमा ओलीले आनाकानी गरेपछि पार्टीभित्र चुलिएको विवाद निरूपण गर्न स्थायी कमिटीले उक्त निर्णय गरेको हो ।

यो निर्णयपछि असन्तुष्ट समूहले अब प्रधानमन्त्री ओली पार्टी निर्णयको ‘स्पिरिट’अनुसार अघि बढ्ने अपेक्षा गरेको थियो तर जब उनले राजदूत सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठनसम्म एकल निर्णय गरे, यसले विवाद पुनः बल्झाइदिएको छ ।

Advertisement
Advertisement

नेकपाभित्रको असन्तुष्ट समूह फेरि ओली शैलीबाट सशंकित बनेको छ । विगतदेखि नै कर्नरमा पारेको महसुस गरेको माधव नेपाल समूह ओली पुरानै शैलीमा हिँड्न थालेको निष्कर्षमा पुगेको छ । उता कार्यकारी अध्यक्षको भूमिका पाएको भन्दै दंग परेका पुष्पकमल दाहाललाई पनि ओलीका पछिल्ला निर्णयले चस्का पसेको छ ।

ओलीको पछिल्लो निर्णयबारे दाहाल र नेपालले बिहीबार प्रारम्भिक समीक्षा गरेका छन् । स्थायी कमिटी निर्णयको स्पिरिटभन्दा फरक ढंगले ओली जान खोजेको उनीहरूको निष्कर्ष छ । दाहाल र नेपालबीच बिहीबार कर्णालीका नेताहरूसँग त्यहाँको समस्याबारे ब्रिफिङ लिने क्रममा खुमलटारमा भेट भएको थियो । भेटमा कर्णालीको विवाददेखि ओलीले गरेका पछिल्ला निर्णयको समेत समीक्षा भएको एक नेताले जानकारी दिए । ‘पार्टीको पछिल्लो १६ बुँदे निर्णयअनुकूल अघि बढ्नेजस्तो देखिएन, यसले पार्टीमा पुरानै स्थिति दोहोरिन सक्छ,’ दाहाल र नेपालले अन्य नेतालाई संक्षिप्त ब्रिफिङ गर्दै भने, ‘फेरि समस्या आउँछ कि जस्तो देखिएको छ तर हामी सकेसम्म मिलेरै जाने पक्षमा छौं ।’

प्रधानमन्त्री भएकाले राजकीय काममा कार्यकारीले गर्ने निर्णय आफ्नो अनुकूलतामा हुनुपर्छ भन्ने ओलीले पार्टी नेताहरूसँग पटक–पटक राख्दै आएका थिए । उनको त्यही अडान राजदूत सिफारिस र मन्त्री नियुक्तिका पछिल्ला निर्णयमा झल्कियो । पार्टीभित्र राजीनामा माग हुँदा पनि ओली अडानमै रहे । बरु तत्कालै ओलीलाई हटाउने योजनाअनुसार गठबन्धन गरेका दाहाल र नेपाल नै पछि हटे । त्यो बेला ओलीले गरेअनुसारको प्रतिबद्धता पालना नभएको विश्लेषण असन्तुष्ट नेताहरूको छ ।

स्थायी कमिटी बैठकपछि सचिवालयका दुई बैठक बसे । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिलगायत विषयमा मापदण्ड बनाउने छलफल भएको थियो । त्यसको निरूपण नहुँदै मन्त्रिपरिषद्बाट ओलीले युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत सिफारिस गरे । सचिवालयमा मन्त्रिपरिषद् हेरफेरका लागि केही विकल्प आए– सबै मन्त्री हटाउने, दुई वर्ष पुगेका सबैलाई हटाउने वा केहीलाई हटाउने, केहीलाई राख्ने । यसमा सहमति जुटाउने भन्दै सचिवालयले अध्यक्षद्वय ओली र दाहाललाई नै जिम्मेवारी दियो ।

Advertisement

त्यसअनुरूप ओली र दाहालले आपसमा छलफल गरे । मन्त्रिपरिषद् पुनर्गठनको ढाँचामा सहमति नहुँदै ओलीले मन्त्री नियुक्त गरिहाल्ने हतारो देखाए । त्यसमा आफ्ना विश्वासपात्रलाई मात्र समेटे । जुन निर्णयको ओलीइतर खेमाले विरोध गरिसकेको छ । प्रधानमन्त्री पद्धतिमा आफूअनुकूलका व्यक्तिलाई मन्त्री बनाउने अभ्यास छ तर पार्टीभित्रको शक्ति समीकरणमा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकाले ओलीले यस पटक सबैलाई समेट्ने अपेक्षा विशेष गरी नेता नेपालले गरेका थिए किनकि २५ सदस्यीय क्याबिनेटमा घनश्याम भुसाल र योगेश भट्टराई मात्रै नेपाल पक्षका मन्त्री हुन् । ओलीले आफ्नो पक्षलाई नजरअन्दाज गरेको भन्दै नेपाल रुष्ट छन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top