इटालीमा महामारीको दोस्रो लहर सुरु, प्रतिबन्धात्मक नयाँ नियमहरु घोषणा

२ कात्तिक ७७, सोमबार

३ कार्तिक, एजेन्सी ।
कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नयाँ नियमहरु घोषणा भएको छ।

मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्तेले पुनः लकडाउनको अवस्था आउन नदिका लागि प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताएका छन् ।

मेयरहरुलाई आफ्नो शहरका सार्वजनिक स्थलहरु निश्चित समयपछि बन्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको छ ।

Advertisement

इटालीमा पछिल्ला दिनहरुमा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार एकै दिन ११ हजार ७०५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसअघि शनिबार १० हजार ९२५ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको हो ।

Advertisement

युरोपका विभिन्न देशमा पनि अहिले संक्रमण पुनः बढ्न थालेको छ । इटालीमा अहिलेसम्म चार लाख १४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ र ३६ हजार पाँच सयजनाको ज्यान गएको छ ।

प्रधानमन्त्री कोन्तेले टेलिभिजन मार्फत आइतबार बेलुका गरेको सम्बोधनमा अर्थतन्त्रमा गम्भीर असर पार्ने विगतको जस्तो लकडाउन गर्नु पर्ने अवस्था नआओस् भन्नका लागि समय खेर नफाली सुरक्षाका लागि प्रतिबन्धात्मक उपायहरु अपनाउनुको विकल्प नरहेको बताए ।

सरकारले सक्दो प्रयास गरिरहेको र नागरिकले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनले बताएका छन् । स्कूलका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने, बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्नु पर्ने, तर बेलुका ६ बजेपछि मात्रै डेबलमा सेवा उपलब्ध हुनेछ ।

अधिकतम एक समूहमा ६ जना हुन पाउने छन् । स्थानीय सभा सम्मेलन तथा उत्सवहरु गर्न नपाइनेभएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top