मोदी सरकारले आम नागरिकको अधिकार पूँजीपतिलाई सुम्पियोः सोनिया गान्धी

३ कात्तिक ७७, सोमबार

३ कार्तिक, एजेन्सी ।
भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी नरेन्द्र मोदी सरकारमाथि पुनः आक्रामक रुपमा प्रस्तुत भएकी छन्।

Advertisement

भारतमा अहिले सरकारले पीडितहरुको आवाज दबाइरहेको आरोप लगाउँदै सोनिया गान्धीले प्रश्न गरेकी छन्, ‘यो कस्तो राजधर्म हो ?’ भारतमा लोकतन्त्र अहिले सबैभन्दा खराब समयबाट गुज्रिरहेको उनले बताएकी छन्।

उनले देशभर दलितमाथि भइरहेको ज्यादती तथा अपराध, कोभिड–१९ महामारी तथा आर्थिक मन्दीको विषयलाई लिएर मोदी सरकारलाई निशाना बनाएकी हुन्।

Advertisement

आइतबार भएको कांग्रेसको एक बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गान्धी आक्रामक रुपमा प्रस्तुत भएकी हुन्। सरकारले आम नागरिकको अधिकार आफ्ना केही नजिकका पूँजीपतिलाई ‘संस्थागत रुपमा’ सुम्पिएको उनले बताएकी छन्।

सोनिया गान्धीले भनेकी छन्, ‘अहिले देश यस्तो सरकारको हातमा छ, जसले नागरिकको अधिकार उनीहरुबाट खोसेर संस्थागत रुपमा आफ्ना नजिकका केही पूँजीपतिलाई दिएको छ।’

Advertisement

हरित क्रान्तिको फाइदालाई पूर्ण रुपमा नष्ट गर्ने उद्देश्यसहित सरकारले कृषि सम्बन्धी नयाँ कानून ल्याएको आरोप पनि उनले लगाएकी छन् । कोरोना भाइरसको महामारीले र त्यसको नियन्त्रणका लागि सरकारको असफल प्रयासलाई लिएर पनि गान्धीले मोदी सरकारको आलोचना गरेकी छन्।

उनले भनिन्, ‘हामीले देख्यौँ कि कसरी करोडौँ प्रवासी मजदुर पलायन हुन बाध्य भए र सरकार चुपचाप हेरेर मात्रै बस्यो। सत्य कुरा त यो हो कि प्रधानमन्त्रीले २१ दिन भित्र कोरोनालाई हराउने बताउनु भएको थियो, अहिले आएर उहाँले जनताप्रति आफ्नो जिम्मेवारी त्याग गर्नु भएको छ।’

सरकारसँग महामारीसँग जुध्नका लागि कुनै योजना नरहेको र यसको समाधान पनि उससँग नरहेको गान्धीले आरोप लगाइन्।

कांग्रेस पार्टी र विशेष गरी राहुल गान्धीले उत्तर प्रदेशको हाथरसमा भएको बलात्कारपछिको हत्या, भारत–चीन सीमा विवाद तथा कृषि नयाँ कानूनलाई लिएर लगातार सरकारको आलोचना गर्दै आएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top