शरीरमा आगो लगाएपछि केएमसीमा उपचारारत युवकले तेस्रो तलाबाट हाम फालेर गरे आत्महत्या

३ कात्तिक ७७, सोमबार

३ कार्तिक, काठमाडौँ ।
काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालको तेस्रो तलाबाट हाम फालेर एक युवकले आत्महत्या गरेका छन्।

Advertisement

सोलुखुम्बु घर भइ काठमाडौँको बानेश्वर बस्दै आएका २६ वर्षीय रोशन खड्काले अस्पतालको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

बानेश्वरस्थित कोठामा आफ्नै शरीरमा आगो लगाएपछि घाइते भएका उनलाई आमाले आइतबार राति केएमसी अस्पताल पुर्‍याएकी थिइन् ।

Advertisement

केएमसीमा भर्ना गरेर उपचार भइरहँदा आमा औषधि किन्न गएका बेला युवकले झ्यालबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

ती युवकको मानसिक अवस्था कमजोर रहेको बुझिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top