भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

३ कात्तिक ७७, मंगलबार

३ कात्तिक, हनोइ।
दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको यहाँका प्राकृतिक प्रकोपको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीका अनुसार भियतनाममा बाढीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरुले बताएका हुन् ।

साथै ती अधिकारीका अनुसार उक्त बाढी र पहिरोमा परी अरु कम्तीमा पनि ३४ जना हराइरहेका छन् ।बाढीमा परेर सैनिक ब्यारेक समेत बगाएको बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले यसरी सैनिक ब्यारेक बगाउँदा त्यसमा रहेका सैनिकमध्ये ११ जना सैनिक बेपत्ता भएका छन् ।

Advertisement

उद्धारकर्मीले हराएका ती सैनिक र अरु स्थानीयहरुको खोजी कार्य जारी नै रहेको बताएका छन् । उनीहरुको खोजी कार्य अहिले पनि जारी रहेको सोमबार बताइएको छ ।भियतनामको मध्य क्षेत्रका कतिपय राज्यमा नै असर परेको छ । जसका कारण यहाँका कम्तीमा पनि ३७ हजार घरमा क्षति पुगेको छ भने यहाँका १ लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

भियतनाममा यही अक्टोबर ६ देखि विभिन्न स्थानमा भीषण वर्षा हुँदा स्थानीय नागरिकका पाँच लाखभन्दा बढी चौपाया पनि मरेका छन् । त्यस्तै कतिपय स्थानमा पहिरोले बस्ती नै बगाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top