×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लंका प्रिमियर लिगमा छनोट भएनन् सन्दीप

४ कार्तिक २०७७

४ कात्तिक, एजेन्सी ।
श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) को ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई कुनै टिमले पनि लिएनन् । नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म श्रीलंकामा हुने एलपिएलको सोमबार अनलाइनको माध्यमबाट खेलाडि छानिएको थियो । ड्राफ्टको राउन्ड २० सम्म चलेको थियो ।

सन्दीप सहित अस्ट्रेलियाको घरेलु क्रिकेटमा सक्रिय रहेका क्रिकेटर सुनम गौतम गरि २ जना नेपाली खेलाडी ड्राफ्टमा सहभागी रहेका थिए। सन्दीप ड्राफ्टको ‘डायमण्ड’ श्रेणीमा रहेका थिए जसको मुल्य ५० देखि ५९,९९९ डलर रहेको थियो। सुनम ‘क्लासिक’ श्रेणीमा रहेका थिए जसको मूल्य १५ हजार देखि २४,९९९ डलर थियो। तर उनीहरु कुनै टिममा सामेल हुन नसकेका हुन् ।

Advertisement
Advertisement

ड्राफ्टमा श्रीलंकाका १६५ जना तथा श्रीलंका बाहिरका २७१ गरि कुल ४३६ जना खेलाडीहरु रहेका थिए। एलपिएलमा कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि पाँच फ्रेन्चाइज टोलीले एलपिएलमा प्रतिस्पर्धा गर्ने छन् ।

कोलोम्बो किंग्समा श्रीलंका अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युज, वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल, दक्षिण अफ्रिका फाफ डु प्लेसिस, इसुरु उडाना र दिनेश चान्डिमल लगायतका खेलाडी छन् । डम्बुल्ला हक्समा दासुन शनका, दक्षिण अफ्रिका डेविड मिलर, कार्लोस ब्रेथवेट, निरोसन डिक्वेला, लाहिरु कुमारा, ओशडा फर्नान्डो, कुशल रजिथ लगायतका खेलाडी छन् ।

ग्ल्याडीयटर्समा श्रीलंका तीव्र गतिका बलर लासिथ मलिङ्गा, पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी, कोलिन इनग्राम, हज्रतुल्लाजजाई, मोहम्मद आमिर, शरफराज अहमद, पल स्टरर्लिङ र उपुथ थरंगा लगायतका खेलाडी छन् ।

जाफनामा थिसेरा परेरा, डेविड मलान, वासिन्दु हसरंगा, शोएब मलिक, उस्मान शिनवारी, धनन्जय डी शिल्भा, आसिफ अली लगायतका खेलाडीलाई ड्राफ्टमा अनुबन्ध गरेको छ । टस्कर्समा कुसल जानिथसँगै वेस्टइन्डिजका क्रिस गेल, इंग्ल्यान्डका लियाम प्लायन्केट, वहाब रियाज, कुशल मेन्डिस, नुवान प्रदीप, नविन उल हक, एलेसा गुनरत्ने, कामिन्दु मेन्डिस लगायतका खेलाडी छन् ।

Advertisement
Advertisement

एलपिएलमा कुल २३ खेल हुने छन् । ड्राफ्टमा पाकिस्तानका खेलाडी बढि अनुबन्ध भएको जनाईएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top