निको भएको ३ वा ५ महिनापछि कोरोना दोहोरिन सक्छ

५ कात्तिक ७७, बुधबार
Share this
675shares

५ कार्तिक, एजेन्सी ।
भारतस्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर) ले एकपटक निको भएपछि पनि लापरबाही गरेमा फेरि कोरोना संक्रमण हुन सक्ने चेतावनी दिएको छ।

Advertisement

समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार आईसीएमआरका निर्देशक डाक्टर बलराम भार्गवले त्यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार संक्रमण निको भएको ३ देखि ५ महिनासम्म शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी हुन्छ। तर यसपछि बिस्तारै त्यसको संख्या घट्दै जान्छ र फेरि संक्रमण हुन सक्छ।’

Advertisement

उनका अनुसार यदि निको भएको ९० दिभित्र फेरि मानिस फेरि संक्रमित भयो भने त्यसलाई पुनः संक्रमण भनिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top