×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

‘ब्ल्याक पर्ल’ ८०औं जन्मदिनमा

६ कार्तिक २०७७

६ कार्तिक, एजेन्सी ।

ब्ल्याक पर्ल अथात् ‘कालो मोती’ फुटवलका महान खेलाडी पेलेले आफ्नो ८० औं जन्मदिन मनाएका छन् ।

Advertisement
Advertisement

यो उनका प्रशंसकका लागि खुसी हुने एउटा बहाना भएको छ । अक्टोबर २१ मा उनी ८० वर्षका भए । उनको पूरा नाम हो, एडसन आरन्टोस डो नासिमेन्टो । उनको जन्म प्रमाणपत्रले जन्ममिति १९४० को अक्टोबर २१ भन्ने गर्छ ।

त्यसमा उनको पहिलो नाम एडिसन भनेर उल्लेख छ । पेले आफैं भने आफ्नो जन्मदिन अक्टोबर २३ मान्छन् । जन्ममितिमा फरक दाबी भए पनि उनी विश्व फुटबलका निर्विवाद सर्वकालीन महान् खेलाडी हुन्, यसमा दुईमत छैन ।

पेलेले १ हजार ३ सय ६३ खेल खेले अनि गोल गरे, १ हजार २ सय ८१ । आफ्नो देश ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरे । उनले विश्वकप तीनपल्ट जिते । यस्तो उपलब्धि आत्मसात् गर्ने उनी अहिलेसम्मकै एक्ला खेलाडी हुन् ।

सन् १९५८, १९६२ र १९७० मा उनले यो उपलब्धि हात पारेका हुन् । उनलाई के मात्र भनिन्न ? जादुगर, महान् हस्ती, विश्वले सबैभन्दा चिनेका अनुहारदेखि ब्राजिली नायक । तर यी सबै शब्दले उनी कप्तान खेलाडी थिए, त्यो भने ठ्याक्कै बयान गर्छ ।

व्यक्तिका रूपमा उनी कम्ती सानदार थिएनन् । फुटबललाई ‘सुन्दर खेल’ मानिन्छ । यसको कारण हो, उनी जस्ता खेलाडी हुनु नै । विश्व फुटबलले उनी जत्तिको प्रतिभाशाली र कला भएको खेलाडी छैन भनेर मान्छ ।

अनि उनीसँग तुलना गर्न मिल्ने खेलाडी पनि छैन भनिन्छ । उनका फुटबल साथी क्लोडोल्डो भन्छन्, ‘केही देशमा उनलाई छुनु नै ठूलो मानिन्छ । केहीले उनलाई चुम्बन गर्न चाहन्छन् ।

अझ केहीले त उनले खेलेको मैदानलाई पनि चुम्ने गर्छन् ।’ कम्ती सुन्दर छैन र यो तथ्य ?  पेलेको खेलजीवनको पाँच निर्णायक मोड यस प्रकार छन्ः

जब पेलेले युद्ध रोके

पेलेले युद्ध रोके रे? हो, ठीकै सुन्नुभएको हो । पेलेले साँच्चै युद्ध रोकेका छन् ।

ब्राजिलले यी आफ्नो छोरालाई अमूल्य सम्पत्ति मान्छ र ती कतिसम्म अमूल्य थिए भनेको छ सन् १९६७ मा देखियो, जतिबेला पेले नाइजेरियाको लागोस पुगे, मैत्रीपूर्ण प्रदर्शन खेलका लागि ।

त्यतिबेला नाइजेरिया चर्को गृहयुद्धबाट गुज्रिरहेको थियो । तर गज्जब भयो, जतिबेला युद्धमा होमिएका दुई पक्षले ४८ वर्षको युद्धविराम गरे । कारण थियो, सबैले पेलेले खेलेको हेर्न पाओस् ।

सान्तोसमा डेब्यु

ब्राजिलका अर्का पूर्व खेलाडी वाल्डेमर डे ब्रिटोले सन् १९५६ मा १५ वर्षीय पेलेलाई सान्तोस पुर्‍याए । उनले क्लबका निर्देशकलाई भनेछन्, ‘यी किशोर खेलाडी कुनै दिन विश्वकै सबैभन्दा महान् खेलाडी हुनेछन् ।’

नभन्दै पेलेले पटक्कै समय खर्चेनन्, आफ्नो उम्दा प्रतिभा सिद्ध गर्न । सन्तोषमा उनले चाँडै खेल्न पाइहाले र सन् १९५६ को सेप्टेम्बर ७ मा गोल पनि गरे, कोरिनथियन्सविरुद्धको खेलमा । त्यसमा सान्तोस ७–१ ले विजयी भएको थियो ।

ब्राजिलको पहिलो विश्वकप

पेलेले भनेका छन्, ‘जतिबेला हामी स्विडेनमा पुगेका थियौं, ब्राजिलबारे कसैलाई थाहा थिएन । बरू अर्जेन्टिना र उरुग्वेबारे सुनेको थिएँ । म त अचम्मै परें । मलाई के लागेको थियो भने पूरा विश्वलाई ब्राजिलबारे थाहा छ ।

तर स्विडेनमा त्यस्तो केही छनक थिएन । जतिबेला हामीले विश्वकप जित्यौं, सबैले ब्राजिलबारे थाहा पाए । मेरो विचारमा मैले आफ्नो देशका लागि दिएको सबैभन्दा ठूलो योगदान भनेकै यही हो । आखिरमा त्यो विश्वकपछि हामीलाई सबैले चिन्यो ।’

त्यतिबेला पेले भर्खर १७ वर्ष ७ महिनाका थिए । उनकै नाममा बनेको थियो, विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान । पछि त्यसलाई सन् १९८२ मा उत्तरी आयरल्यान्डका नर्मन ह्वाइटसाइडले तोडे ।

पेले र त्यस विश्वकपमा ६ गोल गरे, चार खेलमा । त्यसमध्ये स्विडेनविरुद्धको फाइनलमा दुई गोल गरे । त्यो खेल ब्राजिलले ५–२ ले जित्यो । यो नै पहिलो त्यो अवसर थियो, जतिबेला पेलेबारे विश्वले साँच्चै थाहा पाए ।

सन् १९७० को विश्वकप सफलता

पेले ३० वर्ष पुग्नै लागेका थिए, सन् १९७० को त्यस मेक्सिकोको विश्वकपअगाडि संन्यास लिने सोचसमेत बनाइसकेका थिए । तर प्रतियोगिताको ठीकअगाडि उनले मन बदले ।

त्यस विश्वकपमा उनले चार गोल गरे र प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए ।

इटालीविरुद्धको फाइनलमा उनले कार्लोस अल्बर्टोका लागि सटिक पास उपलब्ध गराएका थिए र त्यसमै गोल पनि भयो । यसलाई विश्वकप इतिहासकै सबैभन्दा उत्कृष्ट गोलमध्ये एक मानिन्छ ।

न्युयोर्क कसमसमा अनुबन्ध

सन् १९७४ मा पेलेले खेलबाट संन्यास लिए । त्यतिबेला उनलाई फुटबल छाडेर अन्य व्यवसायमा रूचि बढेको थियो, त्यसैले पैसाकै लागि उनलाई फेरि फुटबलमा फर्कन आवश्यक थियो ।

धेरै युरोपेली क्लब उनलाई अनुबन्ध गर्न चाहन्थे, तर पेलेले रोजे, न्युयोर्क कसमस । उनले त्यस क्लबसँग १९७५ मा अनुबन्ध गरे र तीन वर्षसम्म खेले ।

Advertisement

भनिन्छ, पेलेले सान्तोसका लागि खेले पूरा जीवनमा जति कमाएका थिए, त्यो भन्दा बढी कमसमका लागि खेलेर कमाए ।(रोयटर्स)

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top