नेपाल आएका रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

६ कार्तिक, विराटनगर ।
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ।

प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति नै जारी गरेर बुधबार बेलुका गोयलसँग बालुवाटारमा भेट भएको जानकारी दिएको हो। ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै शिष्टाचार भेट भएको सार्वजनिक गरेका हुन्।

उनले भनेका छन्, ‘रअ का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ। उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो।’

भेटका क्रममा ओली र गोयलबीच नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा कुराकानी भएको थापाले जानकारी दिए।

गोयन बुधबार दिउँसो काठमाडौँ आएर २१ घण्टापछि बिहीबार बिहान फर्किएका छन्। गोयलले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता मावधकुमार नेपाल, विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गरेको सुरक्षा स्रोतको दाबी छ।

तर दाहाल र नेपालको सचिवालयले भने गोयनसँग भेट नभएको दाबी गरेका छन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top