काँग्रेस नेता जोशीको प्रधानमन्त्रीलाई खुल्ला पत्र

६ कात्तिक ७७, शुक्रबार

७ कार्तिक, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार जनताले भोग्नुपर्ने पीडाप्रति उदासीन देखिएको बताएका हुन् ।

नेता जोशीले सात महिना लामो बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको र लाखौँ जनताको रोजगारी गुमेको अवस्थामा कोभिड–१९ को उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको बताए ।

“क्वारेन्टिनको अवस्था दयनीय हुनु, पर्याप्त मात्रामा आइसोलेसन नहुनु, अस्पतालमा भेन्टिलेटरको अभावले जनताले जीवन गुमाउनुपर्ने, आम नागरिकले चिकित्सकको निगरानीमा उपचार पाउन नसक्नु दुःखद् कुरा हो”, नेता जोशीले भने ।

पूर्वउद्योगमन्त्री जोशीले भ्रष्टाचारका कारण राजनीति क्षेत्र कमजोर हुँदै गएको उल्लेख गरेका छन् । सरकारको भूमिकाबाट लोकतान्त्रिक संविधान कमजोर हुँदै गएको उनको भनाइ छ ।

उहाँले आम नागरिकको रगत र पसिनाबाट आर्जित सङ्घीय लोकतान्त्रिक व्यवस्थामार्फत बनेको सरकारले लोकतान्त्रिक समाजवादका माध्यमबाट समृद्ध जनता र समुन्नत मुलुक निर्माणमा लाग्नुपर्ने बताए ।(रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top