NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

सोमवार बैशाख ३१ , २०७५
A A
Advertisement
जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, ३१ वैशाखः नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ ।

जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको म्युजियम कल्चर अफ दि वल्डर्सको सहकार्यमा आयोजनामा गरेको सो समारोहमा विदेशमा रहने नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने विदेशीलाई कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । यस वर्षको नेपाल दिवसको मुख्य विषय ‘अबको बाटो’ रहेको थियो ।

सो अवसरमा जर्मनीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले नेपालमा शान्ति र स्थिरतासँगै अब पर्यटनको विकास र वैदेशिक लगानी आकर्षित गर्न पहल गरिने बताए ।

Advertisement

त्यस्तै कोलोन शहरका लर्ड मेयर हेनरिट्टे रेकर तथा नेपालका लागि जर्मन राजदूत रुडोल्फ सेफरले अब नेपालको विकास शीघ्र हुन सक्ने धारणा राख्दै शुभकामना व्यक्त गरे ।

नेपालका लागि अवैतनिक महावाणिज्य दूत एवम् संघका अध्यक्ष रामप्रताप थापाले समारोहमा मैत्री संघमा आवद्ध थुप्रै सदस्यहरु डाक्टर, इन्जिनियर, राजनीतिक नेताहरु, कलाकारहरु, समाजसेवी सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थितिले आगामी दिनमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले दुई देशको सम्बन्ध विस्तारमा पुलको काम गर्ने यो संस्थाले नेपालको दुर्गम भेगमा विभिन्न विकासमूलक कामका साथै सांस्कृतिक उत्थानमा सहयोग पु¥याउदै आएको जानकारी दिए ।

समारोहमा नेपालबाट सहभागी हुन जानुभएका वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले नेपालको मुलुकी ऐनमा हालै भएको संशोधनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने प्राडा सीतु श्रेष्ठले नेपालको स्वास्थ्य अवस्था, प्राडा मल्लकराज श्रेष्ठले स्वास्थ्य पर्यटन, इन्जिनियर विमलराज गोसाइँले भूकम्पपछिको पुनःनिर्माणको अवस्था र डा चिरन पोखरेलले वन्यजन्तु पर्यटनका बारेमा अवगत गराएका थिए ।

जर्मनीमै कार्यरत दिल गुरुङ र सन्तोष भट्टराईले नेपाललाई विश्वकै पर्यटकीय गन्तव्य मुलुकको रुपमा परिचित गराउनुपर्नेमा जोड दिए भने तथ्यांक विशेषज्ञ वसन्त थापाले नेपाल अब स्मार्ट मुलुकका रुपमा विकास गर्न सकिन्छ भन्ने बारेमा अवधारणा प्रस्तुत गरेका थिए।

जर्मनीको वैदेशिक सहायता मन्त्रालयको नेपाल डेस्क अफिसर आन्नेटे फ्रिकले प्राविधिक शिक्षा, ऊर्जा, स्वास्थ्य क्षेत्रमा जर्मनीबाट नेपालमा भएका विकास सहयोगका बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि यस किसिमको सहयोग बढाउँदै लैजाने बताए ।

समारोहमा प्रा बियाट्रिस क्नेर, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान उपाध्यक्ष कुमार पन्तलगायतका वक्ताहरुले आर्थिक विकाससम्बन्धी प्रस्तुति दिएका थिए ।

सो अवसरमा जर्मनीका कानूनविद् प्राडा आस्त्री फुन्केको संयोजकत्वमा जर्मन नेपाल लयर्स फोरमको पनि गठन गरिएको थियो ।

सो अवसरमा नेपालको लोक संस्कृति झल्किने लोक नृत्य प्रस्तुत गरिनुको साथै नेपालसम्बन्धी पुस्तक प्रर्दशनी गरिएको थियो । कार्यक्रममा जर्मनीस्थित विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रका विज्ञ तथा जर्मनीमा वसोवास गर्ने नेपालीको सक्रिय सहभागिता रहेको थियो ।

जर्मन नेपाल मैत्री संघले नेपाल तथा जर्मनीबीच जनस्तरको सम्बन्ध अरू बलियो पर्ने उद्देश्यले गएको २९ वर्षदेखि आफ्नो स्थापना दिवसको अवसरमा नेपाल दिवस मनाउँदै आइरहेको छ । करिब ४५ वर्षअघि स्व क्रेट्समारले आठ जना सदस्यबाट सुरु गरेको यो संस्थामा अहिले हजारभन्दा बढी सदस्य रहेका छन् ।
रासस

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.