बेल्जियममा संक्रमित चिकित्सकहरुलाई पनि काम गर्न अनुरोध

१० कात्तिक ७७, मंगलबार

११ कार्तिक, एजेन्सी ।
कोरोनाभाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बिरामीको सङख्या बढिरहेका बेला बेल्जियमको लियज सहरका चिकित्सकहरूलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काम गर्न भनिएको छ।

उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरू कोभिड–१९ का कारण बिरामी भएका छन्। अहिले १० वटा अस्पतालहरूले कोरोनाभाइरसबाट सङ्क्रमित तर लक्षण नभएका चिकित्सकहरूलाई काम गर्न अनुरोध गरेका छन्।

बेल्जियमको चिकित्सक सङ्घका प्रमुखले अस्पतालको प्रणालीलाई जोगाइ राख्न सङ्क्रमित चिकित्सकलाई बोलाउनुको विकल्प नभएको बताए।

Advertisement

अर्को लहरको सामना
डा. फिलिप डेभोसले चिकित्सकबाटै बिरामीमा भाइरस सर्ने अकाट्य खतरा रहेको स्वीकार गरे।

बेल्जियमको पूर्वी सहरमा तीनमध्ये एकजनालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। अस्पतालहरूले बिरामीलाई अन्यत्र सारिरहेका छन् र अत्यावश्यकीय बाहेकका शल्यक्रियाहरू रोकेका छन्।

Advertisement

स्वास्थ्य मन्त्री फ्र्याङक भ्यान्डेनब्रुकाले यसअघि नै देशमा ुसङक्रमणको बाढी देखिन लागेकोु भन्दै सचेत गराएका थिए। युरोपभरका सरकारहरूले कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरको सामना गरिरहेका छन्।

स्वास्थ्य सेवामा दबाब
सोमवार एउटा पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूले यात्रा प्रतिबन्ध लगाउन, मानिसहरूलाई घरमै बस्ने आदेश दिन वा आवश्यक परे देशव्यापी लकडाउन नै गर्न पनि युरोपभरका देशहरूलाई सुझाएका थिए।

गत मार्चमा कोरोनाभाइरसका कारण नराम्ररी प्रभावित इटलीले अहिले व्यायामशाला, सिनेमा घर र स्वीमिङ पुलहरू बन्द गरेका छन्। त्यहाँ आइतवारमात्रै २१,२०० नयाँ सङ्क्रमित देखिएका थिए।

इटली सरकारले सङ्क्रमितको सङ्ख्या बढिरहँदा त्यसले स्वास्थ्य सेवामा दबाव सिर्जना गरेको भन्दै चेतावनी दिएको छ। तर प्रधानमन्त्री जुजेपे कोन्टेले पूर्ण रुपमा लकडाउन गर्दा त्यसले अर्थतन्त्रमा नराम्ररी असर गर्ने बताएका छन्।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top