११ कात्तिक, धनकुटा ।
आर्थिक बर्ष २०७६/७७मा धनकुटाबाट ६२ हजार किलो तयारी चिया निर्यात भएको छ ।
राष्टिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाको कार्यालय धनकुटाका अनुसार स्थानीय किसानले उत्पादन गरेको र ठूला चिया कारखानाहरु नारायणी टी स्टेट र गुराँसे टी स्टेटबाट यो परिणामको चिया निर्यात भएको हाे ।
नारायणी टी स्टेटबाट २२ हजार किलो चिया निर्यात भएको छ भने गुराँसे टि स्टेटबाट ४० हजार किलो चिया निर्यात भएको कार्यालयले जानकारी दिएको छ ।
धनकुटामा ५ हजार ३६ किसान चिया खेतिमा संग्लन रहेका छन् भने करिब १० हजार ६७ रोपनीमा चिया खेति हुने गरेको साे कार्यालयले जनाएको छ ।।
