काठमाडौँ, ३१ वैशाख (रासस) ःभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरुले बताएका छन् ।
राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल र फलदायी भएको बताउँदै उनको नागरिक अभिनन्दनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति अपरिपक्व नभई वास्तविकता भएको टिप्पणी गरे ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता पशुपति शम्शेर जबराले यसअघि नेपाल र भारतबीचको सम्बन्धमा केही फाटो आएको भए पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुबै देशबीचको सम्बन्धमा सुधार भएको बताए ।
नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले कुनैपनि देशको कार्यकारी प्रमुखले नेपालको भ्रमण गर्नु आफँैमा राम्रो पक्ष हो भन्दै समग्रमा भ्रमण सफल वा असफल भनेर आँकलन गर्ने समय अहिले नभएको धारणा व्यक्त गरे।
नेपाली काँगे्रसका नेता नारायण खड्काले समग्र रुपमा हेर्दा भारतीय प्रधानान्त्री मोदीको भ्रमण सफल भएको चर्चागर्दै ठूलो समस्याका रुपमा रहेको सिमा विवाद, कालापानी र सुस्ता विषयमा पनि सकारात्मक परिणाम नआए यस पटकको भ्रमणलाई पनि परम्परागत र व्यक्तिगत फाइदाको रुपमा भ्रमणलाई लिनुपर्ने बताए।
रासस