×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

झिलिंगा व्यवसायबाट मनग्य आम्दानी

११ कार्तिक २०७७

११ कात्तिक, तनहुँ ।

झिलिंगा बेचेर यहाँका एक दम्पतीले मनग्य आम्दानी गर्न सफल भएका छन् ।

Advertisement
Advertisement

विगत लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी श्रेष्ठ र विष्णुकुमार श्रेष्ठले झिलिंगा बेचेर अहिले राम्रो आम्दानी गर्न सफल भएका हुन् । अहिले यो व्यवसायबाट सबै खर्च कटाएर दैनिक एक हजार बचत हुने गरेको तारादेवी श्रेष्ठले बताइन् ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो बन्दाबन्दीका कारण होटल बन्द भएपछि ती दम्पतीले झिलिंगा व्यवसाय सुरु गरेका हुन् । होटल बन्द भएपछि भाडा दिन पनि ऋण खोज्नुपर्ने अवस्था आएपछि सो व्यवसाय छोडेर झिलिंगा व्यवसाय सुरु गरेको उनले बताइन् ।

‘माइजु केशीमाया श्रेष्ठबाट झिलिंगा बनाउन सिकेर गत असोज १६ गतेदेखि यो व्यवसाय सुरु गरेको छु’, तारादेवीले भनिन्, ‘दैनिक तीन हजार बढीको झिलिंगा बिक्री हुँदा एक हजार मुनाफा हुने गरेको छ ।’ उनका अनुसार बिक्रीको कुनै समस्या छैन । झिलिंगा घरबाटै ग्राहकले लैजाने गरेका छन् । चाडपर्वको समय भएकाले हाल झिलिंगाकाे माग अत्यधिक भइरहेको तारादेवीको भनाइ छ ।

होटल बन्द भएपछि त्यतिकै बेरोजगार बस्नु भन्दा यो व्यवसाय गरेर केही आम्दानी हुन्छ कि झिलिंगा बनाएर बेच्न थालेको बताउँदै तारादेवीका श्रीमान् विष्णुकुमारले अहिले यसबाट घरखर्च राम्रोसँग चलेको बताए । आफूले घरमा घरयासी प्रविधिबाट झिलिंगा बनाउने र त्यो स्थानीय बजारमा नै खपत भएको उनको भनाइ छ । काम गर्न सके जे गरेपनि राम्रो गर्न सकिने र काम पाइएन भनेर भौतारिएर हिँड्नु पर्ने अवस्था नरहेको उनले बताए ।

दसैं–तिहारजस्ता चाडपर्वमा झिलिंगाको माग अत्यधिक हुने गरेको छ । यसका साथै विवाह, व्रतबन्ध, धार्मिक कार्य तथा खाजाको रुपमा पनि यसको प्रयोग बढ्न थालेको बताइएको छ ।

Advertisement

रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top