बर्दियामा च्याउ टिप्न गएका दुई जनाको बाघको आक्रमणबाट मृत्यु

११ कात्तिक ७७, मंगलबार

११ कात्तिक, बर्दिया।

Advertisement

बर्दियाको मधुवन नगरपालिका वडा नं ३ को धनौरामा बाघले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको बेलझुण्डी सामुदायिक वनमा च्याउ खोज्न जाँदा बाघले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।

बाघको आक्रमणमा परि मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ३ बस्ने २७ बर्षिय दिनेश थारु र सोही ठाउँ बस्ने २६ बर्षिय रमेश चौधरी रहेका छन् । उनीहरुलाई भारतीय वनमा लगि मारेको स्थानीयले बताएका छन् ।

Advertisement

धनौराको बेलझुण्डि सामुदायिक वनमा दिनेश चौधरी विहान करिब १० बजे तिर च्याउ खोज्न गएका थिए । उनलाई सोही समयमा बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरीएको छ । भने उनी घर नफर्किए पछि खोज्न जाँदा रमेश चौधरीलाई समेत बाघले आक्रमण गरेको मधुवन नगरपालिका वडा न. ३ का वडाध्यक्ष नारायण मल्लले बताए ।

उनले नेपालको सामुदायिक वनमा बाघले आक्रमण गरी भारतको ८१ नं पिल्लर देखि ५ सय मिटर भित्रसम्म पुर्याएको बताए । मृतक दुवैजना साला भिनाजु नाता पर्ने हुन् ।

Advertisement

एकसाता अघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवननगरपालिका–३ भगरैया बस्ने २८ वर्षिय गंगा बुढाको मृत्यु भएको थियो । त्यस्तै केही महिना पहिले बाघको आक्रमणमा परि सोही ठाउँमा एक बालकको मृत्यु भएको थियो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भारतीय सीमावर्ती क्षेत्रमा भएको बाघले पटक पटक आक्रमण गर्ने गरेको बताउँदै उक्त बाघ नरभक्षी भएको हुन सक्ने भएकोले तत्काल बैठक बसेर त्यसको व्यवस्थापनका लागि पहल गर्ने बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top