चुनावको एक साताअघि ट्रम्पमाथिको बलात्कारको मुद्दा फेरि बल्झियो

११ कात्तिक ७७, बुधबार

१२ कार्तिक, एजेन्सी ।
राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा अमेरिकाको न्याय विभाग असफल भएको छ।

एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन्। कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको अभियोग लगाएकी थिइन्।

उनको सो आरोपले ट्रम्पको मानहानी भएको भन्दै न्याय विभागले बचाउको प्रयास गरेको थियो। तर अदालतले मानहानीको मुद्दा खारेज गरेको हो। ट्रम्पले सन् १९९० को दशकमा म्यानहटनको एक डिपार्टमेन्ट स्टोरमा आफूमाथि यौन दुर्व्यवहार गरेको ती महिलाको आरोप छ।

कारोलले मुद्दामा राष्ट्रपति ट्रम्पले आफ्नो मानहानी गरेको समेत उल्लेख गरेकी छन्। ट्रम्पले भने आफूमाथि लागेको आरोप झुट रहेको बताएका छन्। न्याय विभागले ट्रम्पको सट्टा आफ्नै तर्फबाट मानहानीको मुद्दा दायर गरेको थियो।

त्यसलाई लिएर न्याय विभागको आलोचना भइरहेको थियो। न्याय विभागले संघीय कर्मचारीको मानहानीको रक्षा गर्न पाउने कानूनको हवाला दिँदै मुद्दा दायर गरेको थियो।

तर म्यानहटनको संघीय जिल्ला अदालतका न्यायाधीश लेविस काप्लानले कानून अनुसार अमेरिकी राष्ट्रपति कर्मचारी नरहेको भन्दै मुद्दा नै खारेज गरेका हुन्।

सन् २०१९ को नोभेम्बरमा ट्रम्पका व्यक्तिगत वकिल मार्क कासोविट्जले न्यूयोर्क स्टेट कोर्टमा मुद्दा दायर गरेका थिए । तर त्यसपछि न्याय विभागले संघीय अदालतमा सो मुद्दालाई ल्याइ राज्यकै पक्षबाट ट्रम्पको बचाउ गर्न अग्रसर भएको थियो।

संघीय न्यायाधीशले मानहानीको मुद्दा खारेज गरेसँगै ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top