सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

११ कात्तिक ७७, बुधबार

१२ कार्तिक, विराटनगर ।

सुनसरी र मोरङका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे २ बजेको समयमा सुनसरीको रामधुनी नगरपालिका-६ कोशी पुल भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका-८ का ३० बर्षीय दिनेश राजधामीको मृत्यु भएको हो ।

बालुवा बोकेर आउँदै गरेको को २ त २८९२ नम्बरको ट्याक्टर अनियन्त्रीत भई रोडमा पल्टिई सोही ट्याक्टरमा सवार रहेका राजधामीलाई किच्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यसैगरी मोरङको उर्लावारी नगरपालिका-४ आईतवारेमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री कानेपोखरी गाउँपालिका-२ की ४५ बर्षीया भिम कुमारी पुरीको मृत्यु भएको छ ।

मंगलवार अपरान्ह पौने ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २६ प ९२६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पुरीलाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी पठाईएकोमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको तथा ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणको लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top