×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

कृषि ज्ञान केन्द्र स्थापना भएपछि महोत्तरीका किसान उत्साहित

१३ कार्तिक २०७७

१३ कार्तिक, महोत्तरी ।
आफ्नै जिल्ला सदरमुकाममा कृषि ज्ञान केन्द्र स्थापना भई सञ्चालनमा आएपछि महोत्तरीका किसान उत्साहित भएका छन् ।
बडादशैं पर्वसँगै जिल्ला सदरमुकाम जलेश्वरमा केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि खेतीपातीमा आवश्यक सहयोग चाँडै पाउने बिश्वासले यहाँका किसान उत्साहित भएको हो ।

कात्तिकको पहिलो सातामै जलेश्वरमा स्थापना भएको केन्द्रले अब जिल्लामा कृषिक्षेत्रका आवश्यकताबारे प्रत्यक्ष समन्वय गर्ने किसानले आस पालेका छन् ।

“पछिल्ला करिब तीन वर्ष (जिल्ला कृषि बिकास कार्यालय हटेयता) त हामी रनभुल्ल थियौं”, जिल्लामै मिहिनेती र नयाँनयाँ कृषि प्रविधिबारे चासो राख्ने किसानका रुपमा चिनिएका भङ्गाहा नगरपालिका–४ का सत्यनारायण यादवले भने, “अब भने किसानलाई परामर्श सेवा, प्राविधिक सरसल्लाह र सहुलियत समयमा पाउने आस जागेको छ ।”

यसअघि स्थानीय तहको निर्वाचन पूर्व जिल्ला÷जिल्लामा रहेका जिल्ला कृषि बिकास कार्यालय निर्वाचनपछि हटेर सरकारले दुई जिल्ला कार्यक्षेत्र रहनेगरि कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याएको थियो ।

प्रदेश नं २ का आठ जिल्लामा चार केन्द्र सञ्चालनमा ल्याएअनुरुप महोत्तरी र सर्लाहीका लागि मलङ्गवा तोकिएको थियो । यस अवधिमा सामान्य सरसल्लाहका लागि खोज्दा पनि कृषि प्राविधिक उपलब्ध नभएका यहाँका किसानको गुनासो छ ।

किसानले अब जिल्लाका बिभिन्न भेगमा रहेका कृषि सेवा केन्द्र, स्थानीय तह र किसानबीच नवस्थापित कार्यालयले समन्वय गरिदिने आस गरेका छन् ।

जिल्लाका १५ स्थानीय तहमा कतैपनि कृषि शाखा राम्रो सञ्चालनमा नरहेको बेला स्थापना भएको कार्यालयले अब यस दिशामा सकारात्मक पहलकदमी तत्काल लिने बिश्वास जागेको जिल्लाकै गौशाला नगरपालिकाको बटौवाबस्तीका किसान अरुण सिंह कुशवाहाले बताए।

महोत्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको मानिन्छ । यहाँ तरकारी, फलफुल, माछापालन, पशुपालन (दुध र मासु उत्पादनका लागि) र अन्नबालीका खासखास पकेटक्षेत्र यसअघि नै तोकिएका छन् ।

अब जिल्लामा स्थापित कृषि ज्ञान केन्द्रले खासखास क्षेत्रमा लागेका किसानलाई थप उत्प्रेरित गर्न आवश्यक रहेको लामो समयसम्म कृषिक्षेत्रमा कृषिविज्ञका हैसियतमा सरकारी सेवा दिएर हाल सेवानिवृत भएका भङ्गाहा–६ का बासिन्दा राजकिशोर यादवले बताए ।

प्रदेशभित्र प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र नहुँदा समुचित समन्वय हुन नसकेको गुनासो बढेपछि प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत भदौमा सबै जिल्लामा कार्यालय स्थापना गर्ने निर्णय गरेअनुरुप अहिले केन्द्र सञ्चालनमा आएको हो ।

कार्यालयले अब किसानको हित र कृषि उत्पादन वृद्धिको ठोस लक्ष निर्धारण गरेर नै काम ब्यवस्थित गर्ने जनाएको छ । “हामीले किसानका आवश्यकतासँग सेवालाई जोड्ने छौं”, जिल्लामा नवस्थापित केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले भने , “यसक्रममा कृषि सहकारी संस्थाहरु, स्थानीय तह र हाम्रा मातहत सेवा केन्द्रबीच समन्वय गरिनेछ ।”

जिल्लाका आम किसानले मुख्यतः सिचाइ प्रबन्धका वैकल्पिक उपायको अवलम्वन, उपयुक्त समयमा बीउउविजन, मल र सुलभ ऋण, माटो जाँच तथा नियमित समन्वय र प्राविधिक परामर्श पाई रहनुपर्ने बताएका छन् ।

यता कार्यालयले आफुसँग रहेको जनशक्ति र स्रोतसाधनको भरपूर सदुपयोग गरिने जनाएको छ ।(रासस)

भर्खरको समाचार

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top