×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

२६ फाल्गुन २०८२

२६ फागुन , काठमाण्डौ।

फागुन २१ को उत्साहपूर्ण निर्वाचन र त्यसको अन्तिम मतपरिणामहरु आइरहँदा देशले अब नयाँ सरकार पाउँदै छ । यद्यपि केही प्रक्रिया पूरा गर्नु पर्ने भएकाले नयाँ सरकार गठन हुन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइसके पनि समानुपातिकतर्फको नतिजा र थप प्रक्रियाका लागि समय लाग्ने भएको हो ।

Advertisement
Advertisement

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ जारी मतगणनामा पनि अत्यधिक मत पाइरहेकाले बहुमतसहितको सरकार बनाउने स्पष्ट भइसकेको छ । प्रत्यक्षमा १६५ र समानुपातिकमा ११० गरेर २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन १३८ सांसदको समर्थन चाहिन्छ । निर्वाचन आयोगले समानुपातिकतर्फको गणना आजसम्म सकिने जनाएको छ ।

यस्तोमा नेपालभित्र नयाँ सरकारलाई लिएर जति उत्साह देखिएको छ, छिमेकी देशहरुमा पनि यसले चासो बटुलेको छ । नेपालको निर्वाचनलाई लिएर छिमेकी मुलुकहरु भारत, चीनसहित बंगलादेश, भुटानदेखि जापान, युरोप, अमेरिकासम्मले सरकारलाई बधाई र शुभकामना दिइरहेका छन् ।

अब बन्ने नयाँ सरकारसंग मिलेर काम गर्न इच्छुक रहेको बताइरहेका छन् । यस्तै विदेशी मिडियाहरुमा पनि रास्वपाको बहुमत र विशेषगरी बालेन्द्र शाहको जित र अब उनी प्रधानमन्त्री बन्न लागेको चर्चा व्यापक गरिएको छ । छिमेकी भारतले पनि यसमा निकै चासो दिएको भारतीय मिडियामा प्रकाशित समाचारबाट बुझ्न सकिन्छ ।

नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रहँदै आएको अवस्थामा नेपालमा बन्ने नयाँ सरकारलाई लिएर भारतीय मिडियाले निकै उत्सुकताका साथ समाचार प्रकाशन गरेका छन् । खासगरी बालेन शाहको जितलाई उनीहरूले निकै प्राथमिकता दिएका हुन् । नेपालमा पहिलो पटक मधेसी मूलको युवालाई प्रधानमन्त्री बन्ने बाटो सहज भएको भन्दै विभिन्न भारतीय मिडियाले समाचार प्रकाशन गरेका छन् ।

नवभारत टाइम्सले आफ्नो समाचारमा नेपालका परम्परागत दलको ठाउँमा रास्वपा र बालेन शाहजस्ता युवा नेतालाई जनताले रोजेको उल्लेख गरेको छ । ‘के रास्वपाले ठुलो परिवर्तन ल्याउन सक्छ या प्रचण्डले जस्तै जनताको भरोसा गुमाउँछ ?’ समाचारमा प्रश्न पनि गरिएको छ ।

नयाँ सरकार सामु कैयौँ चुनौती रहने उल्लेख गर्दै नवभारत टाइम्सले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, ‘बालेनसहित अधिकांश नयाँ सांसदसँग राजनीति र सरकार सञ्चालनको धेरै अनुभव छैन । उनीहरूले कर्मचारी प्रशासनसँग तालमेल गरेर जनताको अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।’

चुनावमा गरिएका प्रतिबद्धता, खासगरी रोजगारी प्रदान गर्नु नयाँ सरकारका लागि सहज नहुने नवभारत टाइम्सले उल्लेख गरेको छ । नयाँ सरकारले छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध बनाउनुपर्ने चुनौती पनि उत्तिकै सशक्त रहेको समाचारमा उल्लेख छ । ‘यदि नयाँ सरकारले सन्तुलित नीति अपनाएर विकास र ऊर्जा क्षेत्रमा भारतसँग सहयोग बढाएको खण्डमा यसले नेपालकोा स्थिरता र क्षेत्रीय सन्तुलन दुवैलाई लाभ हुन सक्छ,’ समाचारमा भनिएको छ ।

यसैगरी दैनिक जागरण पत्रिकाको अनलाइन संस्करणमा पनि नेपालको चुनाव परिणामबारे समाचार लेखिएको छ । नेपालको राजतन्त्रकै छायामा र त्यसपछिको राजनीतिक परिदृश्यमा स्थापित दल र तिनका कैयौँ नेता चुनावमा किनारा लागेको भन्दै समाचारमा सिङ्गो देश बालेन्द्र शाहको ¥याप म्युजिकको धुनमा नाँचिरहेको उल्लेख छ ।

यस्तै अमर उजाला दैनिकको अनलाइन संस्करणमा पनि बालेन शाह नेपालको नयाँ प्रधानमन्त्री बन्ने गरी जनताले अभिमत जाहेर गरेको भन्दै भिडियो रिपोर्ट नै प्रसारण गरिएको छ । दैनिक जागरणकै अनलाइन संस्करणमा अन्तर्राष्ट्रिय मामिलाका जानकार डा. ऋषि गुप्ताको आलेख प्रकाशित गर्दै नेपालको चुनाव परिणामको समीक्षा गरिएको छ ।

जनादेश अनुसार नेपालमा बालेन शाह प्रधानमन्त्री बन्ने लगभग तय भएको जिकिर गर्दै गुप्ताले बालेनका केही कार्यशैलीबारे टिप्पणीसमेत गरेका छन् । उनले लेखेका छन्, ‘बालेन शाह लोकप्रिय नेता हुन् । काठमाडौँको मेयरका रूपमा उनको कार्यकालका क्रममा उनीमाथि कैयौँ पटक नियमलाई बेवास्ता गरेको आरोप पनि लाग्दै आएको थियो ।

यस्तोमा यदि प्रधानमन्त्रीको पदमा पनि उनको कार्यशैली त्यस्तै रहेमा यो देशको नीतिगत स्थिरता प्रभावित हुन सक्छ र जनतामा गुनासोको कारण पनि हुन सक्छ ।’ यद्यपि, जनताले आफ्नो मताधिकार प्रयोग गरेर जनताले लोकतन्त्रलाई नयाँ आयाम दिएको जिकिर गर्दै उनले लामो समयदेखि चल्दै आएको राजनीतिक अस्थिरता र गठबन्धनको खिँचातान समाप्त हुने संकेत दिएको चर्चा गरेका छन् ।

देशमा बेलाबखत उठ्दै आएको राजतन्त्र फर्काउने मुद्दालाई पनि अहिलेको जनादेशले धेरै हदसम्म थन्क्याएको उनले लेखमा उल्लेख गरेका छन् । यसैगरी हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा बालेन शाहलाई लोकप्रिय नेताको संज्ञा दिँदै भारतमा समेत उनी लोकप्रिय रहेको उल्लेख गरिएको छ ।

बालेनको कार्यकालमा नेपाल–भारत सीमा विवादलाई सुल्झाएर दुवै देशको सम्बन्ध अझ सुमधुर बनाउन जरुरी रहेको भारतीय पत्रकार तथा नेपाल–भारत गतिविधिका विज्ञ देवेन्द्र चन्द देवाको भनाइलाई पनि समाचारमा उद्धृत गरिएको छ । एबीपी न्यूज च्यानलको अनलाइन संस्करणमा पनि नेपालमा अब स्थिर सरकार बन्ने बाटो फराकिलो भएको उल्लेख गरिएको छ ।

नेपालमा सम्पन्न निर्वाचनले पुराना पार्टीलाई निकै कमजोर अवस्थामा पु¥याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी र यसका नेता बालेन शाह स्थापित भएको समाचारमा उल्लेख छ । यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन् । सोमबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै मोदीले यसबारे जानकारी दिएका हुन् ।

मोदीले दुई नेतासँग ’न्यानो’ वार्ता भएको भन्दै निर्वाचनमा उनीहरूको जित र रास्वपाले हासिल गरेको सफलताका निम्ति बधाइ दिएको बताएको छन् । त्यस्तै आगामी नयाँ सरकार गठनका लागि आफूले शुभकामना दिएको उनले लेखेका छन् । दुवै देशको आपसी समृद्धि, प्रगति र कल्याणका लागि भारत उनीहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश आफूले दिएको पनि मोदीले बताएका छन् ।

’हाम्रो संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध नयाँ उचाइमा पुग्नेछ भन्नेमा म विश्वस्त छु,’ उनले भनेका छन् । मोदीको बधाईमा रवि लामिछानेले पनि धन्यवाद दिएका छन् । उनले भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा रहेको पनि बताएका छन् ।

रविले लेखेका छन्, ’प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू, तपाईंको शुभकामना र नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई सम्मानपूर्वक स्वीकार गर्नुभएकोमा धन्यवाद । रास्वपा र हाम्रो सरकार आपसी सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध रहनेछ। यसका लागि रास्वपाले विकास कूटनीतिलाई प्राथमिकता दिनेछ।’

उनले सहकार्य अझ सुदृढ गर्दै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा राखेको पनि बताएका छन् । ’सडक तथा अन्य पूर्वाधारमार्फत सम्पर्क विस्तार, सांस्कृतिक पर्यटन, ऊर्जा तथा व्यापारका क्षेत्रमा दुई देशको सहकार्यलाई अझ सुदृढ गर्दै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा छ जसले दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्नेछ,’ उनले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top