×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

२६ फाल्गुन २०८२

२६ फागुन , काठमाण्डौ।

काठमाण्डौ उपत्यकाको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ । तपाइँ काठमाडौंबासी हुनुहुन्छ वा केही समयका लागि पुग्नु भएको छ भने बाहिर निस्किँदा केही कुरामा विशेष ध्यान दिनुहोला । किनभने काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ ।

Advertisement
Advertisement

काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतको दिल्ली र दोस्रो स्थानमा बंगलादेशको ढाँका रहेका छन् । दिल्ली र ढाका दुवैमा वायु प्रदूषण निकै अस्वस्थको तह पार गरेका छन् । हिजो काठमाडौं संसारकै सबैभन्दा अस्वस्थ शहरको शीर्ष स्थानमा पुगेको थियो ।

प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेका हुन् । उनले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

उपत्यकामा बढ्दो सवारीसाधन, धुलो, निर्माण कार्य, उद्योगबाट निस्किने धुवाँ तथा मौसमीय कारणले गर्दा प्रदूषण उच्च भएको वातावरणविद्हरूको भनाइ छ । यस्तो अवस्थामा लामो समयसम्म खुला वातावरणमा बस्दा आँखामा जलन, घाँटी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन सक्छन् ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दम वा मुटुका बिरामीहरू बढी जोखिममा रहने चिकित्सकहरू बताउँछन् । वायु प्रदूषण अत्यधिक भएको बेला बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन् । सामान्य कपडाको मास्कभन्दा एन ९५ वा राम्रो फिल्टर भएको मास्क प्रयोग गर्दा साना प्रदूषित कणबाट केही हदसम्म सुरक्षा मिल्छ ।

साथै अनावश्यक रूपमा बाहिर लामो समय बस्न नहुने र सकेसम्म घरभित्रै बस्न स्वास्थ्यकर्मीहरूको सुझाव छ । यसका अतिरिक्त भारी व्यायाम, दौड वा साइकल चलाउने गतिविधि प्रदूषण धेरै भएको बेला नगर्न सल्लाह दिइन्छ । यस्ता गतिविधिले शरीरले बढी हावा तान्ने भएकाले प्रदूषित कण पनि धेरै मात्रामा फोक्सोभित्र पुग्न सक्छ।

घरभित्र बस्दा झ्यालढोका बन्द राख्ने, एयर प्युरिफायर प्रयोग गर्ने र पर्याप्त पानी पिउने पनि स्वास्थ्यका लागि उपयोगी हुन्छ । वातावरणविद्हरूका अनुसार काठमाण्डौको वायु प्रदूषण अब केवल मौसमी समस्या मात्र नभई सार्वजनिक स्वास्थ्य संकट को रूपमा देखिन थालेको छ।

Advertisement

दीर्घकालीन समाधानका लागि सवारी प्रदूषण नियन्त्रण, धुलो व्यवस्थापन, हरियाली विस्तार तथा उद्योगबाट निस्किने धुवाँमा कडाइ आवश्यक रहेको उनीहरूको भनाइ छ। अहिलेका लागि भने नागरिकहरूले व्यक्तिगत सावधानी अपनाउनु नै स्वास्थ्य जोगाउने मुख्य उपाय बनेको छ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top