×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

२७ फाल्गुन २०८२

२७ फागुन, काठमाण्डौ।

प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड सात लाख २० हजार ५ सय ६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहानको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६ सय १९ मत प्राप्त गरेको छ ।

Advertisement
Advertisement

नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९ सय ५४, नेकपा एमालेले १४ लाख ४७ हजार ६ सय ६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७ सय ४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १ सय ९७ मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३ सय ५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४ सय ४४, जनमत पार्टीले ७८ हजार ९ सय २७ प्राप्त गरेको छ । मतगणना जारी छ । अन्तिम समयमा गोरखा–१, गोरखा–२, धनुषा–१, इलाम–१, संखुवासभा र बर्दिया–२ लगायतका केही क्षेत्रको मात्रै गणना बाँकी छ ।

समानुपातिकतर्फ १ सिट र प्रत्यक्षतर्फ कम्तिमा तीन प्रतिशत पाउने दलहरूले राष्ट्रिय मान्यता पाउँछ। यस हिसाबमा जसपा नेपाल राष्ट्रिय दल बन्ने सम्भावना न्यून देखिन्छ । फागुन २१ गते भएको निर्वाचनमा १ करोड ९ लाख ७७ हजार मत खसेको थियो। हालसम्मको गणनाका आधारमा मत विभाजक सूत्रबाट हिसाब गर्दा रास्वपाले समानुपातिकबाट ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४–४ सिट प्राप्त गर्नेछन्।

समानुपातिक तर्फको मतगणना सकिएपछि दलहरूलाई सिट बाँडफाँट गरेर समावेशीताका आधारमा सांसद पठाउन लगाउने आयोगको तयारी छ । आजै मतगणना सम्पन्न हुने आयोगले बताएको छ। निर्वाचन आयोगद्वारा सार्वजनिक अन्तिम परिणामअनुसार प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १ सय २५ सिट जितेको छ ।

यस्तै नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन् । यस्तै स्वतन्त्रतर्फ १ जना म्याग्दीबाट महावीर पुन विजयी भएका छन् । उता प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ नजिकको बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नयाँ सरकार निर्माणबारे छलफल प्रारम्भ भएको छ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको बताएकी छन् । बालेनका विश्वासपात्र तथा काठमाडौँ–३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले रवि लामिछानेसँग छलफल गरेर भावी प्रधानमन्त्री बालेन शाहले मन्त्रीहरू छान्ने बताएका छन् ।

मन्त्री छनोट गर्ने कुरा लिने–दिने सम्झौताको विषय नहुने भन्दै रवि र बालेनबीच छलफल भएर टुंगिने उनको भनाइ छ। प्रधानमन्त्री बन्ने व्यक्तिलाई कम्फर्टेबल हुने गरी क्याबिनेट बन्ने भन्दै सभापतिसँग परामर्श गरेर मन्त्री छनोट गर्ने उनले बताएका छन् । उनले बालेन प्रधानमन्त्री बन्ने विषयमा दायाँबायाँ नहुने समेत बताएका छन् ।

पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नै हुनेमा शंका नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न पनि रास्वपाका नेतासँग आग्रह गरे ।

रास्वपाले जे बोल्छ त्यही गर्ने उनले दाबी गरे । ‘जे बोलिन्छ राष्ट्रिय स्वतन्त्र पार्टी त्यही गर्छ । अनि, पनि, कमा, फुल स्टप राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि तहका नेतालाई दायाँबायाँ कुरा गर्ने छुट छैन,’ उनले भने, ‘हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो । त्यसमा कन्फ्युजन नहुन अनुरोध गर्न चाहन्छु । यो चाहिने नचाहिने भन्ने छुट छैन ।’

उनले सबै नेतालाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको लाइनभन्दा बाहिर मान्छेपिच्छे कुरा नगर्न उनले अनुरोध गरे । रास्वपाका केन्द्रीय सदस्य असीम शाहले पनि बालेन शाहले आफ्नो क्याबिनेट आफैँ छनोट गर्ने उल्लेख गरेका छन्। रास्वपाको सरकार बन्ने निश्चित भएपछि बालेन अहिले समानुपातिकतर्फको क्लस्टर मिलाउन आन्तरिक छलफलमा छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि चैत पहिलो साताभित्र नयाँ सरकार गठनको बाटो खुल्ने छ। चैत ५ गतेसम्म आफ्नो संसदीय दलको नेता चुन्ने रास्वपाको तयारी छ। चुनावअघि नै वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेकाले संसदीय दलको नेता पनि उनैलाई नै बनाउने निश्चित छ।

प्रतिनिधिसभा निर्वाचनमा बहुमत सिट जित्ने पार्टीको संसदीय दलको नेता नै सरकार प्रमुख हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा ७६ (१) मा ‘प्रतिनिधिसभामा बहुमतप्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ भनिएको छ।

Advertisement

रास्वपाको संसदीय दलको नेता चयन भइसकेपछि बालेनलाई राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नेछन्। त्यसअघि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने छिन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top