विप्लव समूहका कम्पनी कमिश्नर पक्राउ

१२ कात्तिक ७७, बिहीबार

१३ कार्तिक, विराटनगर ।
ठूलो मात्रामा विष्फोटक पदार्थसहित नेत्र विक्रम चन्द विप्लव समूह नेकपाका कम्पनी कमिश्नर पक्राउ परेका छन् ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले चन्द समूहका पूर्वी कमाण्डका कम्पनी कमिश्नर विज्ञान राई समन, र काशीनाथ घिमिरे प्रतिकलाई बुधबार पक्राउ गरेको जानकारी दिए।

प्रहरी उपरीक्षक खड्काका अनुसार पक्राउ परेका घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची कोशी ब्यूरो चौथो कम्पनी कमिश्नर र राई पार्टी सदस्य रहेका छन् ।  घिमिरे सप्तरी जिल्लाको पूर्व सेक्रेटरी समेत रहिसकेको उनको भनाई छ ।

विशेष सुराकीका आधारमा मोरङको मिक्लाजुंग गाँउपालिकामा स्थानीयसंग चन्दा रकम असुल गर्दै गर्दा पक्राउ गरेको खड्काले जानकारी दिए। दुवैजनालाई मिक्लाजुंग १ घुर्मिसेस्थित विजुलीप्रसाद तिम्सिनाको घरबाट पक्राउ गरिएको हो।

यसक्रममा दुवैजनाको साथबाट हातहतियार खरखजाना, विष्फोटक पदार्थ, चन्द समूहको दस्तावेजका सामग्री समेत फेला परेको छ ।

प्रहरीले उनीहरुको साथबाट १ थान नालसहित भरुवा बन्दुक, त्यसमा प्रयोग हुने १ बट्टा फलामको टुक्रा, विष्फोटक पदार्थ जिलेटिन ३ किलोग्राम, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, नन इलेक्ट्रिक डेटोनेटर १८ थान, लाईटर ६ थान, १२ भोल्टको ब्याट्री १ थान र गन पाउडर र बारुद ४ बट्टा बरामद गरेको छ ।

१५ हजार रुपैयाँसहित प्रहरीले सेफ्टी फ्युज तार ३८ मिटर, बिजुलीको तार ९० मिटर, १० थान मोबाइल, खुकुरी ४ थान, दाउ १ थान, नेपाल टेलिकमको ७ वटा र एनसेलको २ वटा सिमकार्ड फेला पारेको छ ।

१८ वर्षीय राई ईलाम चुलाचुली गाँउपालिका ६ र घिमिरे सप्तरीको सुरुंगा नगरपालिका २ का बासिन्दा हुन्।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top