बारामा स्थानीय र प्रहरीबीच झडप हुँदा तीन प्रहरीसहित एक बालक गम्भिर घाइते

१२ कात्तिक ७७, बिहीबार

१३ कार्तिक, बारा ।
बुधवार राति बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा तीन प्रहरीसहित एक बालक घाइते भएका छन् ।

बाराको सुवर्ण गाँउपालिका वडा नम्बर २ कबहीगोठमा तस्करलाई सघाउने स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर कबहीगोठका चन्देश्वर यादवका छोरा १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका हुन्।

टाउकोमा गोली लागेका रन्जनको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भिर रहेको छ । भन्सार छलि ल्याएको सामान नियन्त्रणमा लिएपछि प्रहरी र स्थानीय बीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गरेको बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिए । झडपमा प्रहरी नायव निरिक्षक सहित तीन जना प्रहरी घाईते भएका हुन् ।

सिमा बन्द रहेको अवस्थामा चोरी पैठारी गरी भारतबाट नेपाल तर्फ तीन वटा मोटरसाइकलमा ल्याउँदै गरेको प्याज प्रहरीले नियन्त्रणमा लिएका थिए । उक्त प्याज लिन पुगेको प्रहरीको भ्यानमा समेत स्थानीयले तोडफोड गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top