विराटनगर वितरण केन्द्रकाे सेवा सुचारु

१३ कात्तिक ७७, बिहीबार

१३ कात्तिक, विराटनगर ।

Advertisement

अधिकांश कर्मचारी कोरोना (कोभिड–१९) संक्रमित भएपछि बन्द भएकाे नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रकाे कार्यालय आजदेखि खुलेकाे छ । गत असाेज ३० गतेदेखि शिल गरिएकाे कार्यालय बिहीबारबाट खुलेकाे हाे ।

काेराेना संक्रमित कर्मचारी आइसाेलेसनमै रहे पनि प्राधिकरणका अन्य कार्यालयका कर्मचारी ल्याएर कार्यालय खुलाइएकाे वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । उनले कार्यालयको अत्यावश्यक सेवा (फ्युज सेवा, मर्मत सम्भार) तथा विद्युत महसुल संकलन काउन्टर खुल्ला गरिएकाे बताए ।

Advertisement

उनका अनुसार कार्यालयकाे विद्युत महसुल संकलन काउन्टर बिहान ८ बजेबाट खुलेकाे छ ।रंगेली, दुहबी, धरान तथा प्रादेशिक कार्यालय विराटनगरका कर्मचारीकाे सहयाेगमा सेवा सुचारु गरिएकाे छ । वितरण केन्द्रअन्तर्गत ७५ हजार ग्राहक छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top