×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

देहरादून घटना : एकेडेमीले माफी माग्याे, एक साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

१४ कार्तिक २०७७

काठमाडौँ : भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गत सोमबार गरिएको कुटपिटको घटनाप्रति एकेडेमी प्रिन्सिपलले माफी मागेकी छन् ।

उक्त एकेडेमीमा भएको घटना सार्वजनिक भएपछि बिहीबार हरिद्वार–ऋषिकेश र देहरादूनस्थित नेपाली समाजका प्रतिनिधिले गरेको ताकेतापछि एकेडेमी व्यवस्थापनसँगको वार्ता बिहीबार साँझ ६ बजे टुंगिएको थियो ।

‘एकेडेमीका प्रिन्सिपल छिरिङ छोदेनले गत सोमबार भएको विद्यार्थीमाथिको हातपात एवं अमानवीय व्यवहारमाथि क्षमायाचना गर्दै यसमा छानबिन हुने बताउनुभएको छ,’ नेपाली समाजका प्रतिनिधि हरिद्वारका पुष्पराज पाण्डेयले कान्तिपुरसँग भने,‘घर फर्कन चाहने विद्यार्थीको अन्तिम सूची एकेडेमीले तयार गरेर पठाउने र त्यही अनुसार एक साताभित्र विद्यार्थीलाई नेपाल फिर्ता पठाउन प्रबन्ध गरिने भएको छ ।’

नेपाली विद्यार्थीमाथि भएको अमानवीय व्यवहार तथा सांघातिक तवरको कुटपिटबारेको खबर सार्वजनिक भएपछि हरिद्वारबाट पाण्डेय, देहरादूनस्थित गोरखा डेमोक्रेटिक संघका सूर्यविक्रम शाही, उत्तराखण्ड सरकारमा गोरखा कल्याण परिषद्का राज्यमन्त्री टीडी भुटिया, उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीसहितका प्रतिनिधि एकेडेमी पुगेका थिए ।

दसैं–तिहारको बिदामा घर फिर्न पाऊँ भनेर ४७ विद्यार्थीले निवेदन दिएपछि उब्जिएको विवादमाझ विद्यार्थीमाथि कुटपिट भएको र यही घटनाका कारण गत मंगलबार ७ जना नेपाली विद्यार्थी एकेडेमीबाट भागिसकेका छन् । ‘मैले घर जान्छु भनेर निवेदन दिएकै थिएन, तैपनि मलाई आवासीय कक्षाको ढोकामा लगेर थप्पड हानियो, ढोकामा टाउको ठोकाउने काम भयो,’ग्रेड ७ मा पढ्ने रुकुम घर भएका एक छात्रले फोनमा भने,‘किन यसो गरिएको हो भन्ने थाहै भएन ।’

एकेडेमीसँग वार्ता गर्न गएको नेपाली टोलीका संयोजक पाण्डेयका अनुसार सोमबार रातिको कुटपिट घटनामा सख्त घाइते भएका ३ जना विद्यार्थीलाई तत्काल अस्पतालमा लगेर उपचार गरिने र अरुको हकमा इच्छाअनुसार घर फिर्ता गर्न प्रबन्ध गरिनेछ । एकेडेमी प्रिन्सिपल छिरिङ छादेनसँग भएको लिखित सहमतिमा विद्यार्थी घर फिर्ता पठाउने क्रममा नेपाली प्रतिनिधि पाण्डेयले सबै विद्यार्थीका अभिभावकसँग सम्पर्क गरेर नेपाल–भारत बोर्डर नाकासम्म पुर्‍याउने प्रबन्ध गर्ने भएका छन् ।

एकेडेमीको व्यवस्थापन एवं खानपिनसहितको प्रबन्धबाट असन्तुष्ट भएर ३ देखि ७ ग्रेडसम्म पढ्ने ४७ विद्यार्थीले घर फिर्नका लागि निवेदन दिएकोमा ७ जना यसअघि एकेडेमीबाट भागिसकेका छन् । बाँकी ४० लाई एक साताभित्र घर पठाइने भएको छ । उनीहरु धादिङ, रसुवा, रुकुम, रोल्पा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखासहितका जिल्लाबाट आएका हुन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top