वस्तीको बीचमा संक्रमितको शव गाडेपछि धनगढीमा तनाव

१४ कात्तिक ७७, शनिबार

१४ कात्तिक, धनगढी ।
कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको छ । धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरिको रोहभरमा कब्रस्तान सिल गरिएको हो ।

बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेको थियो । त्यसपछि कोरोना संक्रमतिको शव मानव वस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए । यससँगै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बिच छलफल गर्दा पनि कुनै निष्कर्ष नआए पछि अर्को निर्णय नभए सम्मका लागी कब्रस्तान सिल गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए ।


मानव वस्ती सँगै जोडिएको कब्रस्तानमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । स्थानीयले कब्रस्तानमा ताला समेत लगाएका छन् । यससँगै अन्य मृतकको शव व्यवस्थापन हुन सकेको छैन । दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रवार बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिका–१, का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको छ । तर आन्दोलनरत पक्षले भने धनगढीमा रहेको कब्रस्तान सधैका लागी बन्द हुनुपर्ने माग गरेका छन् ।

Advertisement

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेका थिए । मानववस्ती सँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् । उनीहरूले त्यहाँ गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग गरेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top