दुई वर्षमा दोब्बर भए चौँरी

१४ कात्तिक ७७, शनिबार

लिमी (हुम्ला) : हिमालपारिको गाउँको तुम्लिङमा रहेको चौँरी स्रोत केन्द्रमा दुई वर्षमा चौरीको सङ्ख्या शतप्रतिशतले वृद्धि भएको छ । स्रोत केन्द्रमा उन्नत याकको व्यवस्था हुँदा सबै चौँरी गाई ब्याएपछि सङ्ख्यामा वृद्धि भएको हो ।

चौँरी स्रोत केन्द्र व्यवस्थापन समितिका अध्यक्ष छिरिङ तामाङले स्थापना भएको दुई वर्षमै ११५ वटा चौरीको सङ्ख्या पुगेको बताउनुभयो ।

सुरुमा स्रोत केन्द्रमा ६३ वटा चौँरी थिए । उहाँले छोटो अवधिमा यसरी चौँरीको सङ्ख्या वृद्धि हुनुमा उन्नत याकको व्यवस्थाले सबै चौँरी गाई ब्याएका कारण यो सम्भव भएको बताउनुभयो । अर्को कुरा चौँरीका हेरालुको पनि व्यवस्थाले पनि यसरी चौँरीको सङ्ख्या वृद्धि हुनुमा महŒवपूर्ण सहयोग गरेको हो ।

चौरीको सङ्ख्या वृद्धि भएसँगै व्यावसायिक चौँरीपालनको सम्भावना बढेको छ । हल्जी र जाङ गाउँका स्थानीयवासीले सामूहिक रूपमा चौँरी स्रोत केन्द्रलाई सहयोग गर्दै आएका छन् । चाैँरीपालन व्यवसाय सङ्कटमा परेपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोडको चौँरी स्रोत केन्द्र स्थापना भएको थियो ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top