×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

मुम्बईसामु दिल्लीको लज्जास्पद हार, प्लेअफ सम्भावना कठिन

१५ कार्तिक २०७७

१५ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो ।

जितका लागि १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४।२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको सानदार जितमा ओपनर ईशान किशन ४७ बलमा ८ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । सूर्यकुमार यादव ११ बलमा १ छक्का सहित १२ रनमा अविजित रहे । नोर्कियालाई छक्का प्रहार गर्दै किशनले मुम्बईलाई जित दिलाएका थिए ।

Advertisement
Advertisement

मुम्बईका ओपनर किशन र क्विन्टन डी ककले १०।२ ओभरमा ६८ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए । एनरिच नोर्कियाले बोल्ड आउट गुर्नअघि डी ककले २८ बलमा २ चौका सहित २६ रनको योगदान दिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । दिल्लीका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । दिल्लीले पहिलो ओभरको तेस्रो बलमा ओपनर शिखर धवनलाई शून्यमा गुमाएको थियो । धवन ट्रेन्ट बोल्टको बलमा सूर्यकुमार यादवबाट क्याच आउट हुन पुगेका थिए ।

बोल्टलेनै तेस्रो ओभरको अन्तिम बलमा अर्का ओपनर पृथ्वी शालाई १० रनमा विकेटकिपर क्विन्टन डी ककबाट क्याच आउट गराउँदै दोस्रो सफलता दिलाए । स्पिनर राहुल चहरको ११ औं ओभरको दोस्रो बलमा कप्तान श्रेयस ऐर २५ रनमा स्टम्पिङ आउट भए । ऐरले २९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

१२ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले मार्कस स्टोइनिसलाई २ रनमा डी ककबाट क्याच आउट गराए । दुई बलपछि ऋषभ पन्त २१ रनमा एलबिडब्लू आउट हुँदा दिल्ली ६२–५ को कमजोर अवस्थामा पुगेको थियो । पन्तले २४ बलमा २ चौका प्रहार गरे । बुमराहलेनै १४ औं ओभरको अन्तिम बलमा हर्षल पटेललाई ५ रनमा एलबिडब्लू आउट गरे ।
नाथन कुल्टर नाइलको १६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका शिम्रन हेटमायर क्रुनाल पान्ड्याबाट ११ रनमा क्याच आउट भएपछि दिल्लीबाट ठूलो योगफलको सम्भावना टाढिएको थियो ।

तल्लोक्रममा रविचन्द्रन आश्विन १२, कागिसो रबाडा १२ र प्रविन दुबेले ७ रन जोडे । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइल र राहुल चहरको नाममा एक एक विकेट रह्यो ।

Advertisement

मुम्बईले आफ्नो लिग चरणको अन्तिम खेल मंगलबार सनराइजर्स हैदराबादविरुद्ध खेल्नेछ भने दिल्लीले अन्तिम खेल सोमवार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । दिल्लीलाई प्ले अफमा पुग्न बेंगलोरविरुद्ध जित्नै पर्ने हुन्छ । दिल्लीको यो लगातार चौथो हार हो । अन्तिम खेलमा पराजित भएमा नेट रनरेटमा निर्भर रहनुपर्ने हुन्छ । शीर्षस्थानको मुम्बईको यो जितसँगै क्वालिफायरमा स्थान पक्का बनेको हो ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top