आईपीएल : बेंगलोरलाई हराउँदै हैदराबाद चौथो स्थानमा उक्लियाे

१६ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

शनिबार राती शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले बेंगलोरलाई हराउँदै प्ले अफको सम्भावना कायमै राखेको हो । जितका लागि पछ्याएको १ सय २१ रनको विजयी लक्ष्य हैदराबादले १४।१ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो ।

Advertisement

हैदराबादका ओपनर ऋद्धिमान शाहले ३२ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । डेभिड वार्नर ८, मनिष पान्डे २६ र केन विलियम्सन ८ रनमा आउट भए । अभिषेक शर्मा ८ रनमा आउट हुँदा जेसन होल्डर २६ रनमा अविजित रहे । बेंगलोरका युजभेन्द्र चहलले २ विकेट लिदा वासिन्टन सुन्दर, नवदीप सैनी र इसुरु उडानले एक एक विकेट लिए ।

 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । बेंंगलोरका कुनैपनि ब्याट्सम्यान हैदराबादको कसिलो बलिङ सामु खुलेर खेल्न सकेनन् ।

बेंगलोरले सुरुवात देखिनै कमजोर प्रर्दशन गरेको थियो । सन्दीप शर्माले तेस्रो ओभरको पाँचौ बलमा ओपनर देवदत्त पाडिक्कललाई ५ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । शर्माकै पाँचौ ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई केन विलियम्सनले उत्कृष्ट क्याच लिदै ७ रनमा पेभिलिएन फर्काएका थिए ।

शहबाज नदीमको ११ औं अन्तिम बलमा एबी डी भिलियर्स २४ रनमा अभिषेश शर्माबाट क्याच आउट हुन पुगे । डी भिलियर्सले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे । १२ औं ओभरको चौथो बलमा जोश फिलिपे ३२ रनमा क्याच आउट हुन पुगेपछि बेंगलोर समस्यामा परेको थियो । राशिद खानको बलमा मनिष पान्डेबाट क्याच आउट हुनुअघि फिलिपेले ३१ बलमा ४ चौका प्रहार गरे ।

१८ औं ओभरको पहिलो बलमा वासिन्टन सुन्दरलाई टि नटराजनले २१ रनमा आफ्नै बलमा क्याचआउट गरेका थिए । सुन्दरले १८ बलमा २ चौका प्रहार गरे । क्रिस मोरिस ३ र इसुरु उडाना शून्यमा आउट भए । गुरक्रित मानसिंह १५ रनमा अविजित रहे ।

सन्दीप शर्माले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजन, राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए । हैदराबादले अन्तिम खेल अब मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा नेट रनरेटको आधारमा प्ले अफमा पुग्न सक्ने सम्भावना रहेको छ । बेंगलोरले सोमबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । प्ले अफमा पुग्न दुवैलाई जित्नै पर्ने हुन्छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top