१६ कार्तिक, नवलपरासी ।
नवलपरासीको पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका १७ कुलेनीमा गैँडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार आज बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैँडाले आक्रमण गरेको हो । उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै उनको ज्यान गएको वडा अध्यक्ष आचार्यले बताए ।
