इङ्गल्यान्डमा चार हप्ता लामो लकडाउन घोषणा

१६ कात्तिक ७७, आइतबार

१६ कार्तिक, एजेन्सी ।
प्रधानमन्त्री बोरिस जोन्सनले इङ्गल्यान्डमा एनएचएसका लागि मेडिकल र नैतिक विपत् रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेका छन्।

Advertisement

उनले क्रिसमस निकै फरक हुनसक्ने तर अहिले उठाइएको कदमका कारण उक्त चाडका अवसरमा परिवारहरूका सदस्यहरूबीच भेट हुन सक्ने आशा प्रकट गरे।

पबहरू, रेष्टुरेन्ट, जीम र अति आवश्यक सेवामा नपर्ने पसल सबै चार हप्ताका लागि बन्द गरिने उनले बताए। तर यस अघिको लकडाउनमा बन्द गरिएका स्कूल, कलेज र विश्वविद्यालय यस पटक खुला रहन सक्नेछन्।

Advertisement

डिसेम्बर २ देखि प्रतिबन्ध खुकुलो गरिने भएपनि ठाउँ ठाउँमा प्रतिबन्ध भने लागिरहन सक्छ। प्रधानमन्त्री जोन्सनले भने, यो वर्षको क्रिसमस असाध्यै फरक हुनेछ। तर अहिलेको कडा कदमपछि क्रिसमसका बेला परिवारका सदस्यहरूले भेटघाट गर्न सक्ने स्थिति आउन सक्छ।

प्रधानमन्त्रीले डाउनिङ स्ट्रीटमा प्रेस सम्मेलनमा लकडाउनले व्यवसायमा पर्ने असरका लागि साँच्चिकै दुखी भएको भन्दै कामदारहरूलाई सरकारले काम नगरेपनि ८० प्रतिशत तलब दिने फरलो प्रणाली नोभेम्बरसम्म जारी हुने बताए।

Advertisement

एप्रिलमा भन्दा नराम्रो सङ्क्रमण दर र मृत्यु दरका कारण  कुनै पनि जिम्मेवार प्रधानमन्त्रीले त्यसलाई नजरअन्दाज गर्न नसक्ने प्रधानमन्त्री जोन्सनको भनाइ छ। अहिले सङ्क्रमण तुलनात्मक रूपमा कम रहेको इङ्गल्यान्डको दक्षिण पश्चिमी क्षेत्रका अस्पताल समेत केही दिनमा बिरामीको चाप थेग्न नसक्ने अवस्थामा पुग्ने जोन्सनले बताए।

जोन्सनले भने, डाक्टर र नर्सले कसको उपचार गर्ने, कसको नगर्ने, कसलाई अक्सिजन दिने, कसलाई नदिने र को बाँच्ने, को मर्ने भन्ने निर्णय गर्न बाध्य हुनेछन्।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top