पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गयो

१६ कात्तिक ७७, आइतबार

१६ कार्तिक, नवलपरासी ।
नवलपरासीको पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

Advertisement

नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका १७ कुलेनीमा गैँडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार आज बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैँडाले आक्रमण गरेको हो । उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै उनको ज्यान गएको वडा अध्यक्ष आचार्यले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top