विद्युत प्राधिकरण दैनिक ५ करोड घाटा बेहोर्दै

१५ कात्तिक ७७, आइतबार

१६ कार्तिक, काठमाडौं ।
दशैं अवधिमा घट्न थालेको विद्युतको माग अहिलेसम्म पनि बढ्न नसक्दा दैनिक ५ करोड रुपैयाँ भन्दा बढी घाटा भइरहेको विद्युत प्राधिकरणले जनाएको छ।

दसैंको भोलिपल्टदेखि दैनिक एक हजार मेगावाट आवरका दरले ऊर्जाको माग बढे पनि त्यो सामान्य समयको भन्दा अझै ५–६ हजार मेगावाट आवरभन्दा कम छ।

सामान्य समयमा दैनिक २८ हजार मेगावाट आवरसम्म ऊर्जा खपत भइरहेकोमा फूलपातीको दिन २२ हजार मेगावाट आवरमा सीमित भएको थियो। त्यसपछि क्रमशः घट्ने क्रममा टीकाका दिन १६ हजार मेगावाट आवर मात्रै ऊर्जा खपत भएको थियो।

Advertisement

टीकाको भोलिपल्टदेखि भने खपत विस्तारै उकालो लाग्दै दैनिक एक हजार मेगावाट आवरले वृद्धि हुन थालेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ।

गत मंगलबार १७ हजार, बुधबार १८ हजार, बिहीबार १९ हजार र शुक्रबार २१ हजार मेगावाट आवरभन्दा बढी ऊर्जा खपत भएको नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रले जनाएको छ।

Advertisement

आइतबारदेखि दसैंको असर सकिने र उद्योगधन्दादेखि व्यापार व्यवसायसम्म पुरानै लयमा फर्किएपछि विद्युत खपत पनि पुरानै लयमा फर्किने प्राधिकरणका अधिकारीहरूको विश्वास छ।

शुक्रबारको २१ हजार ६०० मेगावाट आवर विद्युत ऊर्जाको माग व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ८ हजार ३०० मेगावाट आवर, निजी क्षेत्रका आयोजनाबाट १२ हजार ३०० मेगावाट आवर र भारतबाट एक हजार मेगावाट आवर विद्युत ऊर्जा आयात गरेर आपूर्ति गरिएको थियो।

माग नबढ्दा विद्युत प्राधिकरणले आफ्ना आयोजना बन्द गरेर निजी क्षेत्रको धेरैभन्दा धेरै विद्युत बजारमा आपूर्ति गरिरहेको छ। अहिले औसत विद्युत माग ६–७ सय मेगावाट आवर भन्दा बढी हुन सकेको छैन।

पिक समयमा भने एक हजार मेगावाट हाराहारी विद्युत माग भइरहेको प्राधिकरणले जनाएको छ। विद्युत खरिद सम्झौता गरेकाले निजी क्षेत्रका सबै आयोजनाको ऊर्जा प्राधिकरणले लिनै पर्छ।

त्यसैले आफ्ना आयोजनाको उत्पादन घटाएर पनि निजी क्षेत्रद्वारा उत्पादित बिजुली प्राधिकरणले लिएर वितरण गरिरहेको छ। खपतको माग नबढ्दा भने घाटा दिनदिनै बढ्ने चिन्ता प्राधिकरणमा छ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top