×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

आईपीएल : चेन्नईसँग पराजित हुँदै पन्जाब लिग चरणबाटै बाहिरियो

१६ कार्तिक २०७७

१६ कात्तिक, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पन्जाब लिग चरणबाटै बाहिरिएको छ । आइतबार साँझ शेख जायद स्टेडियम आबुधाबीमा सम्पन्न खेलमा चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आईपीएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको हो ।

Advertisement

चेन्नई यसअघि नै आइपिएल इतिहासमा पहिलो पटक लिग चरणबाट बाहिरिसकेको थियो । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै सुखद अन्त्य गरेको हो ।

युवा ब्याट्सम्यान रितुराज गायकवाड ४९ बलमा ६ चौका र १ छक्का सहित ६२ रनमा अविजित रहे । रितुराजको यो लगातार तेस्रो अर्ध शतक हो । अम्बाती रायुडु ३० बलमा २ चौका सहित ३० रनमा अविजित रहे । ओपनर फाफ डु प्लेसिस ३४ बलमा ४ चौका र २ छक्का सहित ४८ रनमा क्याच आउट भएका थिए ।

चेन्नईका ओपनर फाप डु प्लेसिस र रितुराज गायकवाडले पहिलो विकेटका लागि ९.५ ओभरमा ८२ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी क्रिस जोर्डनले फाप डु प्लेसिसलाई कप्तान राहुलबाट क्याच गराउँदै तोडेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । दीपक हुडाले हुडा ३० बलमा ३ चौका र ४ छक्का सहित ६२ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन । क्रिस जोर्डन ४ रनमा अविजित रहे ।

पन्जाबलाई ओपनर मयंक अग्रवाल र कप्तान लोकेश राहुलले राम्रो सुरुवात दिलाएका थिए । छैटौं ओभरको दोस्रो बलमा लुन्गी एनगिडीले अग्रवाललाई बोल्ड आउट गर्नुअघि ४८ रनको साझेदारी गरेका थिए । अग्रवालले १५ बलमा ५ चौका सहित २६ रनमा बोल्ड आउट भए । राहुललाई एनगिडीले नवौं ओभरको तेस्रो बलमा २९ रनमा बोल्ड आउट गरे ।

राहुलले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दुई ओभर पछि निकोलस पुरन २ रनमा क्याच आउट भएपछि पन्जाब समस्यामा परेको थियो । शार्दुल ठाकुरको ११ औं ओभरको चौथो बलमा पुरन धोनीबाट समातिन पुगेका थिए । पुरन आउट भएको अर्को ओभरमा अर्का प्रमुख ब्याट्सम्यान क्रिस गेल १२ रनमा एलबिडब्लू आउट भए । १९ बल खेलेका गेललाई इमरान ताहिरले १२ औं ओभरको पाँचौ बलमा एलबिडब्लू आउट गरेपछि चेन्नईले खेलमा पकड जमाएको थियो ।

पन्जाबका तल्लोक्रमका ब्याट्सम्यानले पनि ठूलो इनिङ खेल्न नसकेपछि मध्यम योगफलमा समेटिएको हो । १७ औं ओभरको दोस्रो बलमा मन्दीप सिंहलाई रविन्द्र जडेजाले १४ रनमा बोल्ड आउट गरे । मन्दीपले १५ बलमा १ चौका प्रहार गरे । जेम्स निसम २ रनमा क्याच आउट हुन पुगे । एनगिडीको बलमा ठूलो सट खेलेका निसम डीप मिडविकेटमा रितुराज गायकवाडले उत्कृष्ट क्याच लिएका थिए ।

चेन्नईका तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरको नाममा एक विकेट रह्यो ।

Advertisement

मुम्बई शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । चेन्नई र पन्जाब बाहेक अन्य पाँच टोली मध्य तीन टोलीले प्ले अफमा स्थान बनाउने छन् ।

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top