×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

फूलको माग ४० प्रतिशत घट्ने, आयात रोक्ने अभियान

१७ कार्तिक २०७७

काठमाडौँ : फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले भारतबाट आयात हुनेबित्तिकै नेपालमा उत्पादिन फूलले बजार नपाउने भन्दै किसान तथा व्यवसायीले आयातमा रोक लगाउने अभियान थालेका हुन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले फूल आयात रोक्ने अभियानअन्तर्गत यही साता भैँसेपाटीबाट सयपत्रीका १० हजार माला जफत गरी नष्ट गरेको जनाएको छ । एसोसिएसनका अध्यक्ष कुमार कसजू (श्रेष्ठ)ले कोभिड–१९ का कारण यस वर्ष तिहारमा बजारमा सयपत्री फूलको माग कम हुने र स्वदेशी उत्पादन राम्रो भएकाले फूल आयातलाई निस्तेज गर्ने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षहरूमा जस्तो यस वर्ष फूलको धेरै माग नभए पनि फूल व्यवसायीलाई तिहारले थोरै भए पनि टिक्ने आधार दिन्छ कि भन्ने आशा छ । भारतबाट आयात खुला गरियो भने त सबै लगानी डुब्छ ।”

एसोसिएसनका अनुसार गत वर्ष तिहारमा सयपत्री र मखमली गरी २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा झन्डै १२ लाख सयपत्री र तीन लाख मखमली गरी १५ लाख मात्रै मालाको माग हुने देखिएको छ । अघिल्लो वर्ष २२ लाख माला नेपालमै उत्पादन भएका थिए । यस वर्ष फूल उत्पादन १५ प्रतिशतले बढेको छ ।

एसोसिएसनका अनुसार तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको छ । गएको वर्षको तिहारमा लगभग तीन लाख माला भारतबाट ल्याइएको थियो ।

अध्यक्ष श्रेष्ठले व्यवसायीले यस वर्षको पात्रो हेरेर व्यावसायिक रूपमा फूल लगाएको हुनाले उत्पादन राम्रो र पर्याप्त भएको दाबी गर्नुभयो । उहाँका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँभन्दा बढी तिर्नु पर्दैन । अध्यक्ष श्रेष्ठले योभन्दा महँगो हुन नदिने एसोसिएसनको नीति रहेको पनि जानकारी दिनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छन् ।

भर्खरको समाचार

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top