वैदेशिक राेजगारीबाट फर्केर गाउँमै बट्टाईपालन

१६ कात्तिक ७७, सोमबार

१७ कात्तिक, कैलाली ।

जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहनु भएको छ । वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहेका हुन्।

बजारमा यसको मासु र अण्डाको माग निकै रहेकाले व्यावसायिकरुपमा बट्टाईपालन गरिरहेको उनले बताए । ‘‘पाँच वर्ष जापान बसेर फर्किएँ । अहिले स्वदेशमै केही गरौँ भनी बट्टाई पाल्न थालेको छु’’, उनी भन्छन् । बिन्तीरामको खोरमा ५०० वटा बट्टाई रहेका छन् ।

Advertisement

बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ । सानो क्षेत्रफलमा पालन गर्न सकिने र रोगको प्रकोप देखा नपर्ने हुँदा सहजरुपमा पालन गर्न सकिने भएकाले बट्टाईपालन गर्न थालेको उनी बताउँछन् ।

‘‘चरा चिसो मौसममा बढी बिक्री हुने रहेछ । घरमै खानका लागि किन्नेहरु धेरै आउँछन्’’, बिन्तीराम भन्छन्, ‘‘बजारको चिन्ता छैन । जति पाले पनि बिक्री हुन्छ ।’’

Advertisement

बट्टाईपालनका लागि थोरै लगानीबाट शुरु गर्न सकिने र चरा डेढ महिनाको भएपछि निरन्तर आम्दानी गर्न सकिने भएकाले बट्टाईपालनमा लागेको अर्का युवा टीकापुर–१ का बलराम भगोरियाले बताए । ‘‘अण्डासँगै चल्लाको बजार राम्रो रहेको छ’’, भगोरियाले भने, ‘‘अहिले व्यावसायिकरुपमा पाल्न थालेको छु ।’’

एउटा बट्टाई दुई सय रुपैयाँमा र अण्डा प्रतिगोटा १० रुपैयाँमा बिक्री हुने गरेको छ । लम्की चुहाका रमेश चौधरीले गएकाे वर्षबाट बट्टाईपालन शुरु गरेका हुन् । उनले यसबाट एक वर्षमा तीन लाख रुपैयाँ आम्दानी भएको बताए।

‘‘पालेको डेढ महिनादेखि बिक्री शुरु गरेँ, चल्ला किन्नेहरु धेरै आउँछन्’’, चौधरीले भने, ‘‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गरिरहेको छु ।’’

कृषिलाई पेशा बनाउन थालेका युवा स्थानीय सरकारले व्यावसायिकरुपमा कृषि, पशुपालन गर्नेलाई अनुदान, प्राविधिक ज्ञानजस्ता कुरामा सघाउन आवश्यक रहेको बताउँछन् । टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदी किसानले माग गरे स्थानीय सरकारले यस किसिमका योजना ल्याउन सक्ने बताए ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top